अन्तर्राष्ट्रिय समाचार

दुबईको सोनापुर मजदूर क्याम्पमा आज कोरोनाको नि:शुल्क परीक्षण गरिने

यूएई – यूएईको सोनापुर मजदूर क्याम्पमा आइतबार कोरोना भाइरसको परीक्षण गरिने भएको छ । दुबई पुलिसको सहयोगमा स्थानीय स्वास्थ्यटोलीले त्यस क्षेत्रमा कोरोनाको नि:शुल्क परीक्षण गर्ने भएको हो ।

सोनापुरको मजदूर क्याम्प छेउमा रहेको मदिना हाइपर मार्केटको बस स्टेसन नजिक स्वास्थ्य परीक्षणका लागि शिविर राखिने छ ।

शिविरमा त्यस क्षेत्रमा कार्यरत विभिन्न कर्पोरेटहरुमा कार्यरत कामदार सहभागी हुन पाउनेछन्।

दुबई पुलिसको द्रूत उद्धार टोलीले यूएईमा दर्ता भएका संस्थाको उद्धार तथा राहत टोलीलाई दिएको जानकारी अनुसार आइतबार साँझ ८ बजेपछि (यूएईको समय अनुसार) नि:शुल्क परीक्षण गरिने नेपाली समुदायको उद्धार तथा राहत वितरणमा खटिनुभएका एनआरएन यूएई उपाध्यक्ष पाशाङ शेर्पाले उज्यालोलाई जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close