भिडियो

नायक आकाश श्रेष्ठले सुटुक्क यति धेरै सहयोग गरे पीडितलाई

काठमाडौं / लकडाʼउनका कारण चलचित्रका सबै काम बन्द भएकाले कलाकारहरु पनि फुर्सदिला भएका छन् । कलाʼकारहरु आफ्नो गृहजिʼल्लामा पुगेʼका छन् । चलचित्रमा ब्यस्त हुने कलाकारहरु अहिले सामाजिक सञ्जालमा ब्यस्त देखिन्छन् । केही भने सामाजिक काममा पनि सकृʼय भएका छन् ।

चलचित्रका काम बन्द भएपछि आफ्नो गृहजिल्ला दागं पुगेका आकाश श्रेष्ठ पनि सामाजिक काममा सकृय देखिएका छन् । काठमाडौं र अन्य जिल्लावाट पैदलै तुलसिपुर पुगेका नागरिकलाई उनले सहयोग गरिरहेका छन् । वाटोमा भोकै पैदल हिडेकाहरुलाई उनले सहयोग गरेका हुन् । उनी यतिवेला आफ्नो घर तुलसीपुर गएका छन् ।

अन्य जिल्लावाट तुलसीपुर हुँदै सुर्खेत, रोल्पा, प्युठान लगायतका जिल्लामा जानेहरुलाई सहयोग गरेका हुन् । उनले हिँजो आमाको मुख हेर्ने दिनको अवसर पारेर पैदल यात्रीलाई खाने ब्यवस्था गरेका हुन् । उनले स्थानिय तहलाई रकम हस्तान्तरण गरेका छन् । सरकारले एकद्धार नीतिवाट सहयोग उपलब्ध गराउन आह्वान गरेका कारण आकाशले स्थानिय तहलाई रकम हस्तान्तरण गरेका हुन् ।

लकडाउनका कारण लामो समय देखि काठमाडौंमै थन्किएका मजदुरहरुलाई स्थानिय तहको सहयोगमा घर पठाउन थालिएको छ । लामो समय देखिको लकडाउनका कारण काठमाडौंमा बेखर्ची भएकाहरुलाई घर पठाउन थालिएको हो । त्यसमा स्थानिय तहका जनप्रतिनिधि देखि केन्द्रिय तहका नेता समेत सहभागी भएका छन् । नेताहरुले आफ्ना जिल्लाका स्थानियलाई काठमाडौंमा बसको ब्यवस्था गरेर गन्तब्य तर्फ पठाएका छन् ।

कलाकारहरुमा सहयोगको सुरुवात नायक पल शाहले गरेका हुन् । उनले चलचित्र प्राविधिकहरुलाई ५ लाख रुपैया बराबरको सहयोग गर्ने घोषणा गरे । साथै त्यसको केही दिन पछि उनी राहत सामग्री लिएर प्राविधिकको घरमा पुगेका थिए । उनको सहयोगको कामलाई पछ्याउँदै नायीका पुजा शर्माले पनि २ लाख रुपैया बराबरको खाद्यान्न सहयोग गरिन् ।

उनले पनि घरमै पुगेर चलचित्र प्राविधिकहरुलाई सहयोग हस्तान्तरण गरिन् । नायीका करिश्मा मानन्धरले आफ्नो घरवाटै वडावासीलाई सहयोग दिइरहेकी छन् । त्यस्तै दिपाश्री निलौला, धुर्मुस सुन्तली लगायतका कलाकारहरु पनि सहयोगका लागि फिल्डमा निस्किएका छन् ।

भिडियो हेर्नुहोस्….

Related Articles

Back to top button
Close