समाचार

कोरोना अपडेट : खाडीमुलुक ६ देशको पछिल्लो अवस्था यस्तो छ ।

काठमाडौं २० बैशाख / विश्वभर महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट हालसम्म ३४ लाख भन्दा धेरै संक्रमित भएका छन् भने, २ लाख ४० हजारले ज्यान गुमाइसकेको छ ।
चीनको वुहानबाट देखा परेको कोरोना भाइरस विश्वको दुईसय भन्दा देशमा फैलिसकेको छ । त्यस्तै लाखौं नेपाली कामदार रहेको खाडी मुलुको ६ देशमा पनि कोभिडको संक्रमण बढ्दो छ ।
हेर्नुहोस् खाडीमुलुक ६ देशको ताजा अपडेट :
कतार
सङ्क्रमित सङ्ख्या : १४ हजार ८७२ जना । (१५ जना नेपालीसहित)
निको भएर घर फिरेकाहरु : १४ सय ३४ जना ।
अस्पतालमा उपचाररत : १२ हजार ६४८ जना ।
मृतकको सँख्या : १२ जना ।
कतार सरकारले कोरोनाका कारण बन्द भएका कम्पनीले श्रमिकको खाने बस्ने सुविधा कटाउन नपाउने नियम ल्याएको छ ।
युएई
सङ्क्रमित सङ्ख्या : १३ हजार ३८ (१२ जना नेपालीसहित ।)
निको भएर घर फिरेकाहरु : २५ सय ४३ जना (दुई नेपालीसिहत)
अस्पतालमा उपचाररत : १० हजार ३८४ जना । (८ नेपालीसहित)
मृतकको सँख्या : १११ जना । (२ नेपालीसहित)
साउदी
सङ्क्रमित सङ्ख्या : २५ हजार ४५९ जना (३१ जना नेपालीसहित) ।
निको भएर घर फिरेकाहरु : ३ हजार ७६५ जना (६ जना नेपालीसहित) ।
अस्पतालमा उपचाररत : २० हजार ३७३ जना । (२५ नेपालीसहित)
मृतकको सँख्या : १७६ जना ।
बहराइन
सङ्क्रमित सङ्ख्या : ३ हजार २७३ जना । (१५७ जना नेपालीसहित)
निको भएर घर फिरेकाहरु : १५ सय ६७ जना ।
अस्पतालमा उपचाररत : १६ सय ७ जना।
मृतकको सङ्ख्या : ८ जना ।
कुवेत
सङ्क्रमित सङ्ख्या : ४ हजार ६१९ जना । (७५ जना नेपालीसहित)
निको भएर घर फिरेकाहरु : १७ सय ३ जना ।
अस्पतालमा उपचाररत : २७ सय ४५ जना ।
मृतकको सङ्ख्या : ३३ जना ।
ओमन
सङ्क्रमित सङ्ख्या : २४ सय ८३ जना ।
निको भएर घर फिरेकाहरु : ७५०जना ।
अस्पतालमा उपचाररत : १७ सय २२ जना ।
मृतकको सँख्या : १२ जना ।
ओमानमा रहेका नेपाली श्रमिकमा सङ्क्रमण देखिएकाे छैन ।
( अपडेट : बैैैशाख २० शनिबार राति १०:०० बजे नेपाली समय )

Related Articles

Back to top button
Close