अन्तर्राष्ट्रिय समाचार

अन्तत अमेरिकाले नै पत्ता लगायो कोरोनाको औषधी११ दिनभित्रै निको पार्ने दाबी गरिएको औषधीले पायो प्रयोगको अनुमति

काठमाडौँ, २० वैशाख । संसार अहिले कोरोनाका कारण लकडाउनको अवस्थामा छ । कोरोना विरुद्धको खोप पत्त लगाउन विश्वभरका वैज्ञानिकहरु अहोरात्र लागीरहेको समयमा अमेरिकाले नै कोरोनाको औषधी पत्ता लगाउन सफल भएको छ । रेमडेसिभिर नाम गरेको उक्त औषधी प्रयोगको अनुमति अमेरिकाको खाद्य तथा औषधी प्रशासनले दिएसँगै उक्त औषधीले ११ दिनमा बिरामीलाई ठिक पार्ने दाबी गरिएको छ ।
परीक्षणका क्रममा रहेको औषधी रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितलाई नीको पारेको र औषधीले कोरोना संक्रमितको मृत्युको सम्भावना पनि घटाइदिने प्रमाणित भएको उल्लेख छ ।

१८ अप्रिलमा रेमडिसिभिरको परीक्षण सफल भएको अमेरिकाले यसअघि नै दाबी गरेको थियो । अमेरिकाको औषधी प्रशासनले पहिलो पटक कोरोना भा*इरसको सं-क्रमितमा प्रयोग गर्ने अनुमोदन गरेसँगै अमेरिकमा छुटै आशा र विश्वास पलाएको छ । जसका कारण विश्वले नै यो रोगबाट मुक्ती पाउने विश्वास राखिएको छ ।

Related Articles

Back to top button
Close