Monday, January 27

प्रेमगीत ३ मा अनुभव रेग्मी यस्तो लुक्समा दैखिँदै ।

January 11, 2020 269

काठमाडौँ । चलचित्र नाइ नभन्नु ल २ बाट नेपाली सिने क्षेत्रमा बाल कलाकारमा डेब्यु गरेका अनुभव रेग्मी अहिलेको चर्चीत बाल कलाकारको रूपमा परिचित छन् । अहिले अनुभव रेग्मी चलचित्र प्रेम गीत ३ मा काम गरिरहेका छन् । अनुभव रेग्मी प्राय कमै चलचित्रमा देखिने गरेका छन् । नाइँ न भन्नु ल सिरिज बाहेक फाट्टफुट्ट चलचित्रमा देखिएका छन् र उनलाई दर्शकहरूले मुख्यतया यही सिरिजमा धेरै रुचाएका छन् । तर अहिले निर्देशक सन्तोष सेनले अनुभवलाई आफ्नो चलचित्र प्रेम गीत ३ मा विशेष तरिकाले प्रस्तुत गर्ने तयारीमा रहेका छन् ।

सन्तोष का अनुसार अनुभवलाई नाइँ न भन्नु ल भन्दा अब प्रेमगीत का सानो प्रेम भनेर चिनाउने कोशिस रहेको बताएका छन् । अनुभव पनि अहिले दिनरात यहि तयारी मा रहेका छन् । अनुभव रेग्मीलाइ प्रेमगीतमा साच्चै नै फरक रुपमा प्रस्तुत गर्न लागिएको देखिन्छ । अनुभवले यहि चलचित्रका लागि धेरै दुख समेत गरेको देखिन्छ । झण्डै एक महिना देखि अनुभवले नक्कली कपाल टासेर बसेका छन् जसले गर्दा धेरै दुख समेत खपेका छन् । नक्कली कपाललाई टाउकोमा टास्दा धेरै दुखेको र आफु कत्ति रोएको समेत बताएका छन् ।घरमा जत्ता हेर्यो कपाल मात्र देख्थे भन्दै आफु कठिनाईको अनुभव क्यानाडा नेपालसंग कुराकानीमा साटेका छन् । “कपालको लागि मैले धेरै मेहेनत गरेको छु । कपाल जोड्दा म धेरै रोएको छु र बाबा ममीले मलाई फकाई फुलाई गरि बुझाउनु भयो । सुत्दा समेत गाह्रो हुने र कपालको रबर खुल्दा आफुले लाउन पनि सक्दिन । मलाई यो कपालले गर्दा धेरै झन्झट दिएको छ तर चलचित्रको लागि हो भनेर यो सहिरहेको छु ।”यत्ति दुखकष्ट सहे पश्चात राम्रो पारिश्रमिक लिनु भयो होला नि प्रेमगीतका लागि भनेर प्रश्न गर्दा अनुभवले भने, “म कहिले पनि चलचित्रको पारिश्रमिकको कुरा गर्दिन । त्यो सबै मेरो मम्मीले सम्हाल्नु हुन्छ । चलचित्रको पारिश्रमिक बारे म त्यति बुझ्दिन पनि र बुझ्न खोज्ने बेला भएको पनि छैन जस्तो लाग्छ ।

Loading...

प्रतिकृया दिनुहोस्