खेलकुद

अमेरिकी महिला फुटबल टिमले गरेको समान तलबको दाबी अदालतले खारेज गरेपछि राष्ट्रिय टिमका स्ट्राइकर मेघन भनिन् – “समानताका लागि लडाइँ कहिले रोकिंदैन”

एजेन्सी, २० बैशाख । अमेरिकी महिला फुटबल टिमले पुरुष टिम सरह तलब माग गर्दै दयार गरेको मुद्दा एक अदालतले खारेज गरेको छ । महिला फुटबलरले आफूहरुलाई पुरुष भन्दा कम तलब दिएको भन्ने दाबी न्यायाधिसले अस्वीकार गर्दै मुद्दा नै खारेज गरेका हुन् ।

अमेरिकी महिला फुटबल टिमका २८ जना खेलाडीले युएस सोकर महासंघलाई विपक्षी बनाएर गत वर्ष मु’द्दा दायर गरेका थिए ।

समान तलब ऐनअनुसार अन्याय भएको भन्दै टिमले ५२.८ मिलियन अमेरिकी डलर क्षतिपूर्ति समेत माग गरेको थियो ।

खेलाडीहरूकी प्रवक्ता मोली लेभिन्सनले यो निर्णयविरुद्ध अपिल गर्ने जनाएकी छिन् । उनले आफूहरु स्त’ब्ध र दु:खी भएको बताउँदै लडाइँ जारी राख्ने बताइन् ।

अदालतले समान तलब दिनु पर्ने भन्दै दायर गरिएको मुद्दा खारेज गरेपछि महिला टिमकी स्ट्राइकर मेघन रिप्पोनले समानताका लागि लडाइँ कहिले नरोकिने बताएकी छिन् ।

अमेरिकाले गत वर्षको महिला विश्वकप चौथो पटक जितेको थियो । यस्तै अमेरिकाले ओलम्पिकको महिला फुटबलमा अहिलेसम्म पाँच स्वर्ण जितिसकेको छ ।

Related Articles

Back to top button
Close