भिडियो

अस्ट्रेलियाबाट नेपाली बिद्यार्थीहरुले नेपाल बाट आउदै गरेको जहाजमा मातृभूमि फर्काउन सरकारलाई आग्रह गर्दै (भिडियो सहित)

नेपाल एअरलाइन्सको जहाज अष्ट्रेलियाको सिड्नी आउन लागेको छ। उक्त जहाज मे महिनाको पहिलो साता नेपालमा रहेका अष्ट्रेलिया र न्युजिल्याण्डका नागरिक एवम् स्थायी बासिन्दाहरूलाई लिएर आउन लागेको हो। नेपाल एअरलाइन्सको जहाज अष्ट्रेलियाको सिड्नी आउन लागेको सन्दर्भमा अष्ट्रेलियाको लागि नेपाली दुताबास क्यानबेराले भने अहिलेको परिस्थितिमा नेपाल जान चाहने नेपाली नागरिकलाई नेपाल फर्काउन दुताबास असमर्थ रहेको जनाएको छ ।

यता नेपाली बिद्यार्थीहरुको व्यथा भिन्नै छ , जागिर गुमाएर दिनचर्या दिन प्रतिदिन कठिन भएको परिस्थितिमा उता नेपालमा आमा बुबा उस्तै चिन्तित देखिन्छन। नेपाल सरकारको विश्व ब्यापी स्वस्थ समस्या लाई मध्यनगर गरि नेपालमा रहेका नेपाली नागरिकको हितमा गरिएको लक डाउन स्वागत योग्य छ तर हामी नेपाली बिद्यार्थीहरुको समस्यालाई पनि सम्बोधन हुनु जरुरि छ।

यसै सन्दर्भमा ,अस्ट्रेलियामा अध्यनरत अन्तराष्ट्रीय नेपाली बिद्यार्थीहरुले चर्चित पत्रकार तथा हास्यकलाकार मदन कोइराला सगको कुराकानी गर्दै भनेका छन्। “हामी नेपाल जान चाहेको छम , ब्याग प्याग गरेर बसेको छौ ,जहाज आउने कुरा सुनेको थिएम” भन्दै तेहि जहाजमा नेपाल फर्काउने ब्यबस्था गर्न नेपाल सरकारलाई आग्रह गरेका छन। थप भिडियोमा

Related Articles

Back to top button
Close