अन्तर्राष्ट्रिय समाचार

६५ हजार भन्दा धेरैको ज्यान गएपछि अमेरिकाले अर्को औषधि स्वीकृत गर्यो

काठमाडौं । विश्वभर महामारीका रुपमा रहेको कोरोना संक्रमण अमेरिकामा अहिले भयावह बन्दै गएको छ । अमेरिकामा अहिले ११ लाख ३२ लाख भन्दा धेरै संक्रमित हुँदा ६५ हजार भन्दा धेरैको ज्यान गएको छ । यहाँ अहिलेसम्म १ लाख ६१ हजार भन्दा धेरै संक्रमित निको पनि भैसकेका छन् ।

यो बीचमा कोरोनाविरुद्व अमेरिकी सरकारले ‘रेम्डिसिभियर’नामक एन्टिभाइरल औषधिलाई शुक्रबार स्वीकृति प्रदान गरेको जानकारी दिएको छ । जसलाई कोभिडविरुद्वको अमेरिकी अभियानमा महत्वपूर्ण पहल बताइएको छ ।

अमेरिकी संघीय सरकारको औषधि स्वीकृतिसम्बन्धी आधिकारिक निकाय ‘द फूड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन’ (एफडीए) ले आपत्‌कालीन स्वीकृतिका रुपमा सो अनुमति प्रदान गरेको हो । कोभिड आतंकले आक्रान्त बनेको अमेरिकी पृष्ठभूमिमा सो एन्टिभाइरलको परीक्षण नतिजा सकारात्मक आएको बुधबार नै जनाइएको थियो ।

स्वीकृत लगत्तै यो ‘एन्टिभाइरल’ औषधिलाई इन्जेक्सनमार्फत बिरामीलाई दिइनेछ । यसअघि प्रयोग गरिँदै आएको औषधि ‘प्लेस्बो’ को पन्ध्र दिनको तुलनामा ‘रेम्डिसिभियर’ ले एघार दिनमा बिरामीलाई निको गर्ने दाबी गरिएको छ । यद्यपि यसले बिरामीको मृत्युदरलाई कति हदसम्म न्यूनीकरण गर्छ भन्ने स्पष्ट नभएको विज्ञहरुको भनाइ छ ।

Related Articles

Back to top button