समाचार

त्रिशुली नदीमा ३० किलोको माछा भेटियो

धादिङ, २० वैशाख । धादिङ स्यादुलका ३९ वर्षीय रामकुमार चेपाङ ४ वर्षको उमेरदेखी माछा मार्न आफ्ना बाबुका साथ त्रिशुली नदी जाने गर्दथे ।विगतमा बाबुसँग माछा मार्न जाँदा बिगतमा दिनानु दिन त्रिशुली नदिमा प्रशस्त मात्रामा माछा भेटिने गरेको उनको अनुभव छ । बाबुछोरा भएर एक दिनमा झण्डै न्युनतम ३ देखि १० केजी सम्म जाल मार्फत् साना माछा मार्ने गरेको र २÷३ दिनमा बल्छीमा समेत नियमित रुपमा ७० केजी सम्मको ठुला माछा पारेको अझै झलझली याद आईरहन्छ ।दिनभर नदिमा माछा मारेर कहिले गाँउघरमा त कहिले मलेखु बजारमा बिक्रि गरेर उनी घर खर्च चलाउथे ।

चैत महिनाको गर्मी यामदेखी जेठ महिना सम्म उनीहरु माछा मार्नकै लागि त्रिशुली नदी किनारामै समय बिताउँथे । अहिले तिनै रामकुमार चेपाङ ३९ बर्षका भए तरपनी रामकुमारको पेशा भने फेरियको छैन ।रामकुमारको बाबुको मृत्यु भैसक्यो तर रामकुमार चेपाङ कहिले श्रीमती त कहिले छोराका साथ त्यसैगरी माछा मार्नकै लागि त्रिसुली नदि किनारामै जान भने छाडेकै छैनन् ।पछिल्लो समय कोरोना भाईरस रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण त्रिसुली नदि आसपासका क्रसर तथा बालुवा प्रशोधन केन्द्र फिरफिरे बन्द हुँदा नदि संग्लीयको देखेपछि रामकुमार चेपाङ छोराका साथ माछा पाईने आसमा फेरी त्रिसुली नदिमा आए ।

तर लकडाउनका कारण संग्लीयको नदि बर्षातका कारण फेरी धमिलियो ।बर्षतले धमिलियको नदिमा पाछा पाईने आशामा बिगत १ महिनाअघीदेखी धादिङको सिद्धलेक गाँउपालिका वडा नं.४ आरुबासटार स्थित् त्रिशुली नदीमा पानीको गहिरो ताल हेरेर १० थान बल्छी थापेर बसे ।दिनभरी जाल खेल्ने र रातभरी सोहि जालमा परेको साना माछा ठुला माछालाई आहारा राखेर ठुलो बल्छी क्रमशः थापीरहको चेपाङ बताउछन् ।एक महिना अघिदेखि चेपाङले बल्छि थापेपनि माछा परेको थिएन । माछा परे नपरेको संकेत पाउन चेपाङले खाना खाने थालमा ससाना ढुङ्गा राखेर जागाराम बसीरहे ।

सोहि क्रममा रामकुमार चेपाङले एक महिना अघीदेखी थापेको एक बल्छीमा शुक्रबार राती अन्दाजी २ बजे माछा परेको संकेत पाए । बल्छी तान्न चेपाङले रातभर मिहेनेत गरे तर गहिरो तालका कारण र दलदले भएका कारण उनलाई बल्छी तान्न र माछा निकाल्न हम्मे हम्मे प¥यो ।बल्छी तान्न र माछा निकाल्न रामकुमारको बाबु छोरालाई हम्मे हम्मे परेपछि शनिबार एका बिहानै स्थानियको सहयोगमा माछा निकालेर जोख्दा ३० किलो तौल रहेको गोँच प्रजातीको ठुलो माछा प¥यो चेपाङले बताए ।यसअघि ७० किलोसम्मका माछा पार्ने गरेको चेपाङले बताए ।

क्रसर उद्योग र बालुवा धुने मेसिनका कारण जालमा र बल्छीमा माछा पर्न छाडेको उनले बताए । नदि धमिलिएको बेला माछा पाउन समेत मुस्किल हुने चेपाङ बताउँछन् ।पछिल्लो समय त्रिसुली नदिमा माछा भेटिनै छाडेको उनी बताउँछन् । अहिले दिनभरी जाल हानेपनि एक केजी सम्म पनि माछा भेटिदैन ।बिगत १२/१३ बर्षअघीदेखी त्रिसुली नदि आसपास निर्वाद रुपमा संचालित् क्रसर तथा बालुवा प्रशोधन केन्द्र फिरफिरे र त्यसवाट फ्याँकेको लेदो नदिमै हालेको र करेन्ट खेल्नेहरुका कारण माछाको उत्पादननै हुन नपाएको उनको ठम्याई छ ।

बाह्रै महिना त्रिसुली नदि धमिलो बग्ने गरेको छ, धमिलो पानीमा माछाको फुलवाट भुरा उत्पादननै हँुदैन त्यसैका कारण पछिल्लो समयमा माछाको बसोबास क्षेत्र नै ध्वस्त भयो । त्यसैका कारण त्रिसुली नदिमा माछाको मात्रा नै घटेको उनको ठम्याई छ । जसका कारण माछा लोप हुदै गईरहेको छ ।“करेन्ट र विषका कारण माछाका भुरासमेत नष्ट भयो ।, पहिले सानातिना खोलामा पनि जताततै प्रशस्त माछा देख्न पाईन्थ्यो, तर अहिले सामान्य रुपमा मात्रै भेटिन्छन् ।” चेपाङले बताए । नदि अत्यधिक धमिलो भएकै कारण अहिले अक्कल झुक्कल बाहेक प्रायप्त मात्रामा माछा पाइनै छाडेको रामकुमारले बताए ।

त्रिसुली नदिको माछा निक्कै स्वादिलो हुन्छ । त्रिसुली नदिमा कत्ले, काँडे, जलकपुर रघु, असला, ठेड,बाम् गोचं, शहर लगायत थुप्रै प्रजातीको माछा पाईन्छ ।त्रिसुली नदिमा बल्छी, माहा जाल, आँखी जाल, तियारी जाल, घम्का खात, ढडियाँ बनाएर माछा मार्ने चलन छ । बिगत देखीनै धादिङको मलेखु बजार त्रिसुली नदिको लोकल माछाको रुपमा प्रचलित छ । त्यसैले अहिले त्रिसुली नदिको लोकल माछाको बजारमा अत्यधिक माग समेत छ । तर त्रिसुली नदि अत्यधिक धमिलो भएकै कारण माछा पाइनै छाडेको छ ।नदी अत्यधिक धमिलो भएकै कारण अधिकांश नदी तथा खोलामा माछा सकिएका बताउँदै उनले धमिलो पानीकै कारण नदीका अन्य जलचर प्राणीसमेत लोप भईरहेको बताए ।

उनले भने,‘ माछा पाउन कठिन भइसक्यो । माछा संरक्षण गर्ने कोही भएन । प्रयोग गर्ने धेरै भए ।’यहाँ माछा मार्न जाल प्रयोग गरिन्छ उनले भने,‘ १० वर्षयता जाल खेल्दा १ केजी माछा समेत राम्रो संग भेटिएको छैन । धमिलो पानीकै कारण माछामा बढी क्षति हुने गरेका पाईएको छ ।’विषले जस्तै धमिलो पानीले ३÷४ दिनसम्म माछा र भुरामा क्षति पुर्याउने गरेको चेपाङ बताउछन् । पछिल्लो समय नदीमा मानवीय क्रियाकलाप बढदै गएपछि यहाँका लोकल असला माछा संकटमा परेको छ । अहिले असला माछा विश्वमै लोपन्मुख मानिन्छ ।

यो माछा निकै स्वादिलो हुन्छ । त्यसलै सबैको रोजाईमा पर्छ । ‘ करेन्ट लगाउने, विष हाल्ने, जथाभावी फोहर फाल्न गर्न थालेपछि माछाको स्वास्थयमा नकरात्मक असर पर्न थालेको छ ।नुवाकोट देखिको फोहोर सिधै त्रिसुली नदिमै फयाँकिदै आएको छ । पहिले नदीभरि माछा नै माछा देखिन्थे, अहिले दिनभर जाल खेल्दा पनि १ किलो भेटाउन मुस्किल हुने गरेको छ , उनले भने,‘ माछा भेटिन छाडेपछि स्थानीय बजारमा लोकल माछाको मूल्य बढदै गएको छ । खोलामा जताततै फोहोर मात्रै देखिन्छ । ’बिगतमा ३/४ सय रुपैयाँमा किनबेच हुने स्थानीय माछाको मूल्य अहिले मलेखुमै प्रतिकेजी ९ सय रुपैयाँ सम्म पर्ने गरेको छ ।

गाउँमै अहिले प्रतिकेजी ८ सय रुपैयाँमा किनबेच भईरहेको छ ।त्रिसुली नदिको धार्मिक महत्वका साथै लोकल माछाको पहिचान संग समेत जोडिएकाले संरक्षणका लागि सरकारको ध्यान समेत पुग्न सकेको छैन ।माछा संरक्षणको लागि न स्थानीय सरकारको ध्यान पुग्न सकेको छ । नत प्रदेश र संघीय सरकारको । केहि स्थानियहरुले नदिको बचाउ गर्ने भन्दै बिभिन्न अभियान थालेका छन् तर त्यो प्रभावकारी रुपमा अघि बढ्न नसकेको चेपाङको भनाई छ ।त्रिसुली नदि अत्यधिक धमिलो भएकै कारण माछा पाईन छाडेपछि माछा मार्न जाल खेल्ने, बल्छी खेल्ने र ढँडिया राख्ने चलन समेत हराउदै जान थालेको छ ।

Related Articles

Back to top button
Close