समाचार

कोभिड–१९ नि’यन्त्रणमा उत्कृष्ट काम गर्ने पाँच महिलामा नेपालकी रुना झा पनि

२० वैशाख, काठमाडौं । विश्व अहिले को’रोना भाइरस (कोभिड–१९) को महा’मारीविरु’द्ध लडिरहेको छ । यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिरहेका छन् । कोभिड–१९ नि’यन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ, जसमा एक नेपाली पनि परेकी छिन् । उनी हुन्, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक डा. रुना झा ।

उनले अहिले नेपालमा कोभिड–१९ परीक्षणको नेतृत्व गरिरहेकी छिन् । उनी र उनको टोलीले औसतमा दैनिक ७० ओटा नमुना परीक्षण गर्ने गरेको छ । प्रयोगशालामा परीक्षणका लागि नमुना आउने समय निश्चित हुँदैन । त्यसैले अबेरसम्म प्रयोगशालामा बस्नु उनको लागि सामान्य बनिसकेको छ । उनी प्राविधिक काम त गर्छिन् नै, आफ्नो टोलीलाई यातायात र खानेकुराको व्यवस्थापन पनि उनैले गर्छिन् ।

झाको लागि आफ्नो टोलीको सुरक्षा प्राथमिकतामा छ । यो क्रम फेब्रुअरी मध्यदेखि शुरु भएको थियो, जतिबेला उनको टोली चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राखिएको क्वारेन्टाइनमा पहिलोपटक प्रवेश गरेको थियो । आफ्नो टोलीले नमुना सं’कलनको लागि स्व’यंसेवकको भूमिका निर्वाह गर्न नहिच्किचाएको उनी बताउँछिन् । उनको टोलीले पूरा रात नमुना सं’कलनमा बिताएको थियो र अर्को दिन १७५ जनाकै रिपोर्ट तयार पारिएको थियो ।

महा’मारी बढेसँगै उनीहरुको कामको चाप बढेको छ । तर उनी आफ्नो तर्फबाट कर्म’चारीहरुलाई सहयोग गर्ने र मनोबल बढाउन सक्दो प्रयास गरिरहेकी छिन् । उनी आफूले कर्मचारीलाई सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको बताउँछिन् ।

यो काम गर्नु झाको लागि चुनौतीपूर्ण पनि छ । परिवारमा कोरोना भाइ’रसको सं’क्रमण फैलिने जोखिमको कारण उनी अहिले आफ्ना पति र छोरीसँग नबसेर एक्लै बसेकी छिन् । उनले आफ्ना बुबाआमासँग पनि भेटेकी छैनन् । उनी परिवारसँग बस्न मन भएको तर सबैको सुरक्षाको लागि आफ्नो चाहनासँग सम्झौता गर्नुपरेको बताउँछिन् ।

अरु कोको छन् सूचीमा ?

१. जोर्डनमा नयाँ प्रविधिको प्रयोग

अमल अल महाईराह र महाडील दबाइबेह यो महा’मारी निय’न्त्रणका काममा निकै चिनिएका छन् । यूएन वुमेनको फिल्ड साहयकको रुपमा काम गरिरहेका उनीहरुले जोर्डनका महिलाहरुलाई र सिरियाली शर’णार्थीको जीवन रक्षाको लागि सेवा प्रदान गर्दै आएका छन् ।

यद्यपि कोरोना भाइरसले उनीहरुलाई घरको झन् धेरै नजिक ल्याएको छ । उनीहरु मोबाइल फोनको भरमा समुदायलाई महत्वपूर्ण जानकारी र अन्य परामर्श दिने गर्छन् । जोर्डनको एइन अलबाइडामा बस्ने ५४ वर्षीया सिहाम अलकाटामिन मोबाइल फोनको माध्यमबाट अमलले आवश्यक परामर्श र मनोवैज्ञानिक सहयोगका साथै विश्वसनीय सूचनाहरु दिने गरेको बताउँछिन् ।

यूएन वुमनको फिल्ड कर्मचारीहरुले यहाँका आठ सयभन्दा धेरै मानिसलाई यस्तो सेवा दिँदै आएका छन् । महा’मारीको क्रममा समस्यामा परेका महिलालाई सेवा दिन डिटिजल प्रविधि आवश्यक देसिखएको छ ।

अहिले लैङ्गिक हिंसाको सामना गरिरहेका महिलाको लागि २४ घण्टा उपलब्ध हुने हटलाइन सेवा प्रदान गरिएको छ । यूएन वुमेनले सिरियाली शरणार्थीको लागि प्रदान गर्ने कोषको निरन्तरताको लागि ब्लकचेन नगद वितरण प्रणाली शुरु गरेको छ ।

प्रत्येक शरणार्थीको खाता ब्लकचेनसँग लिं’क गरिएको हुन्छ । यसलाई सुपरमार्केटहरुमा विश्व खाद्य कार्यक्रमअन्तर्गत स्थापना गरिएको आयरिस स्क्यानिङ प्रणालीमा कनेक्ट गरिएको हुन्छ । जसबाट शरणार्थीहरुले आफूलाई चाहिएको सामग्री विना कुनै झन्झ’ट खरिद गर्न सक्नेछन् ।

२. चीनको ग्रामीण क्षेत्रमा सार्वजनिक सेवा प्रदान

यान शेङ्लियान चीनको उत्तरपश्चिमी प्रान्त क्विङहाई प्रान्तको सियारुओयाओ गाउँको चेकप्वाइन्टमा बस्छिन् । उनी गाउँमा आउने र जाने मानिसको शरीरको तापमान नाप्छिन् र उनीहरुको सवारीसाधनको विवरण राख्छिन् । उनको यो काम कोरोना भायरस निय’न्त्रणको लागि निकै महत्वपूर्ण छ । तर, उनको लागि यो काम नौलो हो । उनी चिकित्सा क्षेत्रको पृष्ठभूमिबाट आएकी भने होइनन् । उनी पेशाले एक किसान हुन् । उनले सुँ’गुर पालन गर्दै आएकी थिइन् ।

यद्यपि उनले सामाजिक स्वयं’सेवकको रुपमा अहिले कोरो’ना भाइरस नि’यन्त्रणको काम गर्दै आएकी छिन् । किसान र स्वयंसेवक दुवैमा क्षेत्रमा उनले निकै मह’त्वपूर्ण भूमिका नि’र्वाह गरिरहेकी छिन् ।

३. काजकस्तानमा हिंसामा परेकालाई सहयोग

काजकस्तानमा क्वारेन्टाइन शुरु हुनुभन्दा पहिला नेमोल्चि (चुप नबसौँ) अभियानले सञ्चालन गरेको हेल्प’लाइनमा यौ’न हिं’साका पी’डितको मात्र फोन आउँथ्यो । अहिले दैनिक १० देखि १५ घरेलु हिंसाका उजुरीको क’ल आउने गरेको छ । यस्तो कल गर्नेहरु सबैजसो महिला नै छन् ।

महा’मारीको समयमा घरेलु हिंसाका घट’नाहरु उल्लेख्य रुपमा बढेका छन् । आइसोलेसनमा बसेको कारण महिलाहरुले प्रहरीमा उजुरी दिन पनि सक्दैनन् ।

अझ कुनै परिवारमा त सासूससुरा र अन्य नातेदार पनि एउटै घरमा बस्छन् । त्यसैले पनि उनीहरुले प्रहरीमा सकेसम्म उजुरी गर्दैनन् । नेमोल्चिकी नेतृ डिना स्माइलोभाका अनुसार कोरोना भा’इरसको कारण अभियान प्रभा’वित बनेको बताउँछिन ।

नोमोल्चिले अहिलेसम्म एक सय २० पीडित महिलालाई का’नुनी सहयोग गरिसकेको छ । स्माइलोभाका अनुसार अहिले क्वारेन्टाइनको समयमा अदालत खुल्दैन, मुद्दा पनि दायर हुँदैन, अहिले पीडक र पीडित एउटै घरमा बस्ने भएकाले जोखिम बढेको छ ।

यद्यपि स्माइलोभाले निरन्तर न्यायको लागि आफ्नो प्रया’स भने जारी राखेकी छिन् ।

४. क्यारेबियन समुदायको आशा जीवित राख्ने प्रयास

र्‍याङ्किया हे’नरी क्यालिफोर्नियाको एक होटलमा काम गर्थिन् । कोरोना भाइरसको कारण उनको होटल ब’न्द भयो र उनी आफ्नो घर फर्किन पनि पाइनन् ।

यस्तोमा उनलाई आर्थिक समस्याले पनि पिरोल्न थालेको थियो । उनलाई आफ्नो घरमा पैसा पठाउनुपर्ने तनाव छँदै थियो, अब विना तलब आफ्नो घर्च धान्नु पर्ने समस्या पनि लाइलाग्यो । तर, उनले यस्तो अवस्थामा पनि आफ्नो घरमा केही रकम पठाइन् ।

उनको चिन्ता यत्तिकैमा सीमित भएन । उनलाई आफ्नो घर रहेको टापु एन्टिगुआको माया लागेर आयो । आफ्नो देशमा मानिसहरु विश्व’भर फैलिएको यो मा’हामा’रीमा कसरी सुरक्षित रहलान् भन्ने चिन्ता उनीमा पर्‍यो ।

यो चि’न्तासँगै उनले कोरोना भाइरस नि’यन्त्रणको लागि सहयोगी हुने म्यासेज सामाजिक सञ्जालमार्फत शेयर गर्न थालिन् । साथै उनले एन्टिगुआ र ब’र्बुडाको सेवा क्षेत्रसँग पनि समन्वय गरिरहेकी छिन् ।

स्रोत : युएन वुमेन

Related Articles

Back to top button