समाचार

चर्चित लोकदोहोरी गायिका विष्णु माझीकी आमाको यसरि भयो दुखद निधन

काठमाडौ, बैशाख २० -चर्चित गायिका बिष्णु माझीकी आमा धर्मकुमारी माझीको निधन भएको छ । उनको ५८ बर्षको उमेरमा निधन भएको हो । लामो समय सम्म उच्च रक्तचापबाट पिडित रहेकी धर्मकुमारीको स्याङजाको चापाकोट नगरपालिका(८ मा आफ्नै घरमा निधन भएको हो ।

। उनलाई किड्नी को समस्या रहेको थियो । धर्मकुमारीका दुई छोरी र एक छोरा छन। जस मध्य बिष्णु माझी लोक दोहोरी क्षेत्रकी बहुचर्चीत गायिका हुन्। साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन । उनि नेपाली संगीत जगतमा बिगत १५ बर्ष देखि सक्रिय छिन । नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी एक कामप्रति जिम्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका हुन् ।

सुन्दरमणिसँग बिहेपछि गुमनाम जस्तै रहेकी विष्णुको धेरै वर्षपछि बाबुसँग भेट भएको छ। बाबु ५८ वर्षीय ताराबहादुरले छोरी विष्णुसँग भेट नभएको ११ वर्ष भएको यसअघिको कुराकानीमा बताएका थिए । ताराबहादुरले सानै उमेरमा छोरी काठमाडौं गएपछि घर नआउने र आफू पनि काठमाडौं जान नसक्ने हुँदा भेट नभएको बताएका थिए।

नसार्वजनिक जमघट, न कुनै सांगीतिक महोत्सव । न कुनै मिडियामा अन्तर्वार्ता न सामाजिक सञ्जाल झन्डै भूमिगत जीवन । तैपनि स्वरको जादुकै भरमा करोडौं फ्यान । त्यसैले गुमनाम सुपरस्टारको उपनाम पाएकी छिन्–लोकदोहोरी गायिका विष्णु माझीले । युट्युबमा उनका गीतले करोडौं भ्युज पाएका छन् । देश–विदेशमा जादुयी स्वरकी धनी विष्णुका लाखौं प्रशंसक छन्, तर ती प्रशंसकहरूमध्ये कसैले पनि विष्णुसँग प्रत्यक्ष रूपमा भेटेर भलाकुसारी गर्न पाएका छैनन् ।

आखिर गुमनाम यी गायिकामा त्यस्तो के छ ? सहकर्मीहरू भन्छन्, उनको स्वरमा मोहनी लगाउने शक्ति छ । विष्णु माझीको मौलिक स्वरसँग कसैले प्रतिस्पर्धा गर्न सकेका छैनन् । गायिका माझीले १२ वर्षदेखि लोकदोहोरी क्षेत्रमा एकछत्र राज गरिरहेकी छिन् । उनको स्वरमा एक प्रकारको जादु नै भएकाले उनी यति लामो समयसम्म पनि राम्रो छविका साथ संगीत बजारमा टिकिरहेको संगीतकर्मीहरू बताउँछन् ।

Related Articles

Back to top button
Close