समाचार

घरमा चट्याङ पर्दा एकै परिवारका एक जनाको मृत्यु ६ जना घाइते

कालिकोट : जिल्लाको सान्नीत्रिबेणी गाउँपालिका वडा नं ८ मुम्रामा बिहीबार राति चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ । घरमा चट्याङ पर्दा एकै परिवारका सदस्य एक जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । असीना पानीसँगै चट्याङ पर्दा ५ वर्षका रेखा दमाइको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार रातीको समयमा चट्याङ पर्दा ६ जना घाइते भएका छन् । घाइते हुनेमा वर्ष २३ का धिरेन्द्र धमाइ, वर्ष ९ का आयुष दमाइ, वर्ष ५ का निखील दमाइ, वर्ष १६ का छत्र दमाइ, वर्ष २१ की गिता दमाइ र २१ वर्ष की हजुरा दमाइ घाइते

भएका हुन् ।घाइते सबैको सामुदायिक अस्पताल रास्कोटमा उपचार भइरहेको छ । मृतक रेखा दमाईको सब पोष्टमाटमका लागि जिल्ला अस्पताल मान्म ल्याइएको छ । खरको छाना भएको घरमा चट्याङ पर्दा आगलागी भइ परिवारको विचल्ली भएको छ । गाउँपालिकाले आगलागीबाट बिस्थापित उनीहरुको व्यवस्थापन गर्न पाल, कम्मल, भाँडाकुडा, दाल, चामल उपलब्ध गराएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।

उनका अनुसार हिउँदको सिजनमा घर लगाएर सकेपछि बिहीबार नै विधिपूर्वक दर्जीको परिवार घर प्रवेस गरेका थिए । घरमा प्रबेस गरेकै दिनमा यस्तो घटना घटेपछि गाउँपालीकाले उनको घरमा टिन राख्न सहयोग गर्ने अध्यक्ष शाहीले बताए । नियमित वर्षा र हावा हुरीसहित असिना पानी पर्न थालेपछि स्थानीय किसानहरु पनि चिन्तित भएका छन् । खेतमा पाकिसकेको गहुँ बाली भित्र्याउन लागिरहेका किसानहरु दैनिक वर्षा, हावा हुरी र केही ठाँउमा असिना पानी आउन थालेपछिचिन्तित भएका हुन् । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सरकारले लकडाउन गरे पनि जिल्लामा स्थानीय किसान भने गहुँ बाली भित्र्याउन ब्यस्त छन् ।

Related Articles

Back to top button
Close