समाचार

११ बर्षिय सन्दिपको अपिल “म बाँच्न चाहान्छु” सहयोगका लागि मनकारीसम्म पुर्याइदिनु

काठमाडौं । बुवा केदार अधिकारी र आमा ललिता अधिकारीको कोखबाट जन्मिएका सन्दिप अधिकारी लामो समयदेखि बिरामी छन् । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउपालिका बडा – ७ का ११ बर्षिय सन्दिप अधिकारी एक बर्ष देखि किड्नी उपचारको क्रममा संघर्ष गरिरहेका छन् । अहिले उनका दुवै किड्नीले काम गर्न छाडेको छ । आर्थिक अभावका बाबजुत ललितपुरको पाटन हस्पिटलमा सन्दिप अधिकारी बेड कुर्न बाध्य भएका छन् ।

पाटन हस्पिटलको चिल्डेन वार्ड अन्तरगत ११ नम्बरको बेडमा सन्दिप अधिकारी पल्टिरहेका छन् । उनलाई उपचार गर्न आर्थिक समस्या परेको परिवारले बताएको सन्दिप अधिकारीकी दिदि स्मृती अधिकारीले न्यूज अभियानलाई बताइन् । लामो समय भयो बाबुको उपचारमा हामी लागि रहेका छौं, भएको पैसा सकियो ।

घर-जग्गा बैंकका राखिएको छ । बुवाको पनि आर्थिक अवस्था तेस्तै छ उनले गहभरि आशु पार्दै भनिन् । ‘प्लाज्मा फेरिसस्’ गर्ने भनेर डाक्टरहरुले भन्नु भएको छ । हामी अनयोलमा छौं उनले थपिन । किड्नी उपचारका क्रममा निकै खर्चिलो भएकोले हामीलाई समस्या परेको हो । आफन्त र सहयोगी मनबाट उपलब्ध रकमबाट अहिले सन्दिपको उपचार भइरहेको छ । यदि यहाँहरुलाई विरामीबारे जान्न बुझ्न, सहयोग गर्न मन लागे बुबाको विरामीका बुवाको सम्पर्क नम्बर ९८४१४७६३४९ मा पनि सम्पर्क गरेर थप जानकारी पनि लिन सक्नुहुने छ ।

Related Articles

Back to top button
Close