समाचार

बिहानैदेखि देशभरी यस्तो डरलाग्दो मौसम : मौसमविदले दिए आकस्मिक चेतवानी

काठमाडौ । स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको छ । स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ भने बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त वायु समेत प्रवेश गरिरहेका कारण नेपालको मौसममा बदली रहेको मौसमविदले जानकारी दिएका छन् ।

आज ९शनिबार० देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङ र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज देशका पहाडी भेगमा मेघगर्जन, चट्याङसहित असिना पानी पर्ने सम्भावना छ भने पश्चिम तथा पूर्वी तराईमा हावाहुरी समेत आउने संकेत देखिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिएकी छन् । ‘पूर्वका एक–दुई स्थानमा त अहिले पनि वर्षा भइरहेको छ,’ उनले भनिन्, ‘अपराह्नपछि देशका अन्य भू–भागमा पनि मौसम बदली भई वर्षा र हावाहुरी शुरु हुने देखिएको छ ।’

काठमाडौं उपत्यकामा पनि आज अपराह्न चट्याङसहित वर्षा हुने सम्भावना देखिएको छ । ‘आज दिनभर मौसम खुल्ने सम्भावना देखिन्न,’ उनले थपिन्, ‘छिनछिनमा खुले जस्तो भए पनि पुनः मौसम बदली भइहाल्छ ।’ मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा पश्चिम र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

Related Articles

Back to top button
Close