समाचार

महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत ६ जना प्रहरीलाई क्वारेन्टाइनमा राखियो

काठमाडौं- महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत ६ जना प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ। बिदा लिएर घर गएका उनीहरु बिदा सकिएपछि हाजिर हुन आएका थिए। वृत्त थानकोटका अनुसार बिदा सकिएर वैशाख १२ गतेदेखि यता विभिन्न मितिमा हाजिर हुन आएकाहरुलाई चन्द्रागिरी नगरपालिका- ४ स्थित छुट्टै भवनमा राखिएको छ। उनीहरु बारा, सप्तरी, रौतहट र कन्चनपुरबाट हाजिर हुन आएकाहरु हुन्। भारतसँग सीमाना जोडिएका उक्त जिल्लाहरुबाट आएकाले जोखिम हुनसक्ने भन्दै सेल्फ क्वारेन्टाइनमा राखिएको हो।

प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राख्न चन्द्रागिरी-४ कै सानुकाजी शाहीले भवन उपलब्ध गराएको वृत्तले जनाएको छ। योसँगै वृत्त थानकोटले कोही व्यक्ति चन्द्रागिरी नगरपालिकाको क्षेत्रमा कुनै बाहिरी जिल्लाबाट पछिल्लो केही हप्ताभित्र आएको भए सेल्फ क्वारेन्टाइनमा बसिदिन पनि आग्रह गरेको छ।

Related Articles

Back to top button
Close