भिडियो

मध्यराति ताप्लेजुङ बजारमा भीषण आगलागी, दर्जनौ घर जलेर खरानी [Live Video]

काठमाडौँ । ताप्लेजुङ सदरमुकाम भीषण आगलागी भएको छ । शुक्रबार राती ९ः१० बजेदेखि सुरु भएको आगलागी मध्यरातसम्म नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ बजारको ट्याक्सी लाइनको एक होटल (भण्डारी खाजाघर) बाटसुरु भएको आगलागी नियन्त्रण बाहिर गएको पत्रकार सुबास आचार्यले बताएका छन ।

जानकारी अनुसार दर्जन भन्दा धेरै घरहरु जलेको अनुमान छ । मानविय क्षति भए नभएको कुनै जानकारी आइसकेको छैन । अहिले त्यस क्षेत्रका सबैजना बाहिर निस्केका छन् । कोरोनासँग लड्नका लागि लागु भएको शाररीक दुरी यहाँ आफैं तोडिएको छ । मान्छेहरु घरमा बस्न डराउँनु परेको अवस्था रहेको छ ।

Related Articles

Back to top button
Close