क्वारेन्टाइन बसेर घर पुगेका बाबुले छोराछोरी भेट्नै पाएनन्, ब ’ मले उडायो खत्रीका लालाबाला
रोल्पा। वि’स्फो’टमा छोरा र छोरी गुमाएका रोल्पा त्रिवेणी गाउँपालिका-७ गैरीगाउँ मैतेगातिनाका लालबहादुर खत्रीका आँसु थामिएका छैनन्। उनकी पत्नीको हालत पनि उस्तै छ। बिहीबार साँझ उनीहरुका लागि कालो दिन भयो। ११ वर्षीया छोरी विमला र ५ वर्षीय छोरा विजयको वि’स्फो’टमा परेर मृ’त्यु भयो। काखमा दुई वर्षकी छोरी छन्।
बाख्रा चराउन जंगल गएका चार बालबालिका साँझ घर फर्किएनन्। १४ वर्षीय छोरा नोखिराम गुमाएका ओजबहादुर डाँगीको परिवार पनि शोकमा डुबेको छ। आमा र छोराछोरी सम्हाल्न धौ धौ परेको छ। त्रिवेणी गाउँपालिका-४ छेपबाट मामाघर आएका १३ वर्षीय गौरव नेपाली सधैका लागि घर नफर्किने गरी ब’मको छ’र्रासँगै क्ष’तवि’क्षत भए।
गौरवका एउटी दिदी घरमा रहेको बुबा लक्ष्मण नेपाली बताउँछन्। मृ’त्यु भएका चारैजना बालबालिकाको घरमा मात्र होइन गाउँ पुरै शोकमा डुबेको छ।
कल्पना नै नगरेको घट’नाले गाउँले त्रसितसमेत बनेका छन्। ‘घर नजिकैको गाउँबारीमा रातभर ला’स लडिरहे, बालबालिकाका बुवाआमा, आफन्त र गाउँले आँसुमा डु’विरहेको दृश्य निकैले घ’टना’स्थल पुग्ने जोकोहीको आँखा ओभानो रहेनन्।’, घटना’स्थल पुगेका मानवअधिकारवादी संस्थाका हुरेकका संयोजक धरेन्द्र डाँगीले भने।