समाचार

कुवेतमा थप ११ नेपालीमा कोरोना संक्रमणको पुष्टि

काठमाडौ, बैशाख १९ – कोरोनाभाइरसका कारण विश्वभर २ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३३ लाख १८ हजार नाघेको छ । त्यस्तै कुबेतमा थप ११ नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

यससँगै कुवेतमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ७५ पुगेको छ। कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना इरसबाट गत २४ घण्टामा थप ३५३ जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या चार हजार ३७७ पुगेको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण कुवेतमा चार जनाले ज्यान गुमाइसकेका छन् ।

भने विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ८०० जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा मात्र २४ घण्टाको अवधिमा २ हजार २०० जनाको मृत्यु भएको छ ।

Related Articles

Back to top button
Close