अन्तर्राष्ट्रिय समाचार

भारतमा कोरोना सं’क्रमितको संख्या ३५ हजार नाघ्यो, १ हजार १४७ को मृ’त्यु

एजेन्सी । भारतमा कोविड–१९’ संक्रमितको संख्या ३५ हजार ४३ पुगेको शुक्रबार जनाइएको छ । योसँगै भारतमा कोरोना सं’क्रमणबाट ज्यान जानेको संख्या १ हजार १४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गएको २४ घन्टायता भारतमा एक हजार ९९३ कोरोना भाइरसका नयाँ सं’क्रमित थपिएका छन। । उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ७३ जना रहेको छ । भारतमा देखिएका यी संं’क्रमितहरूमध्ये ८ हजार ८८८ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २५ हजार ७ कोरोनाका सं’क्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार पनि यो क्रम जारी नै रहेको उक्त महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या १० हजार ४९८ जना पुगेको उक्त मन्त्रालय बताएको छ । महाराष्ट्रमा कोरोना भाइरस सं’क्रमणको कारण ४५९ जनाले ज्या’न गुमाएका छन् ।

Related Articles

Back to top button
Close