समाचार

नेपाल पठाउन माग गर्दै अष्ट्रेलियामा अनशन, दुताबासले यस्तो भन्यो

सिड्नी । अष्ट्रेलियामा रोकिएका नेपालीलाई देशमा पठाउन माग गर्दै एक जना अनशन बसेका छन् । छोटो समयको लागि अष्ट्रेलिया आएकाहरु नेपालमा भएको लकडाउनको कारण अलपत्रमा परेको कारणले अनिल अधिकारीले केही साथीहरुको सहयोगमा अनशन बसेका हुन् ।

अधिकारी गत बुधबार बिहान १० बजे देखि साँझ ८ बजे सम्म केही सहयोगीहरूको साथमा अनसन बसेका थिए । उक्त खबर क्यानबेरास्थित नेपाली दूतावासले थाहा पाएपछि विज्ञप्ती निकाल्दै आफूहरुले यस विषयलाई गम्भीरताका साथ लिएको र नेपाल सरकारको ध्यानाकर्षण गराएको जनाएको छ । साथै जहाँ भए पनि सुरक्षित रुपमा बस्नको लागि दूतावासले आग्रह गरेको छ ।

अधिकारीले आगामी हप्ता नेपालबाट अष्ट्रेलियालीहरुलाई उद्धार गरेर ल्याइने जहाजमा फर्किन सकिने या नसकिनेबारेमा बुझ्नको लागि अनशन बसेको बताएका छन् । नेपाली क्रिकेट प्रशिक्षकसमेत रहेका अधिकारीले अष्ट्रेलियामा अड्कीएका नेपालीको उद्धार गर्न दबाब दिन यस्तो निर्णय गरेको बताएका छन् ।

अष्ट्रेलियामा रहेका हजारौँ नेपालीहरु नेपाल फर्कन चाहेको र नेपाल सरकारले चासो नदेखाएको उनले आरोप लगाएका छन् । नेपालबाट अष्ट्रेलियालीलाई लिएर विमान आउँदा त्यसैमा फर्कनसक्ने तर, सरकारले त्यसमा चासो नदिएको उनको भनाई छ ।

Related Articles

Back to top button
Close