समाचार

ब्राम्हण जातीलाई गाउँले भाषामा टपरे बाहुन भनिन्छ – डा . बाबुराम भट्टराई

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नवगठित जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नागरिक अगुवाहरूलाई टपरे बाहुनको संज्ञा दिएका छन् । बुधबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले नागरिक समाजका अगुवाहरूप्रति तीव्र आक्रोश व्यक्त गरेका हुन् ।

हिजो मात्रै नागरिक समाजका दस जना अगुवाहरूले वर्तमान समयमा सरकार परिवर्तनको कुरा प्रधानमन्त्री ओलीले ल्याएका पछिल्ला दुई अध्यादेश जत्तिकै अप्रासंगिक रहेको बताएका थिए । उनीहरूले संकटको घडीमा सबैले सरकारलाई साथ दिनुपर्ने समेत बताएका थिए ।

सोही सन्दर्भमा पूर्वप्रधानमन्त्री भट्टराईले बुद्धिजीवीहरूले शासकको स्वस्ति गरेको आरोप लगाउँदै यस्तो प्रवृत्तिलाई गाउँले भाषामा टपरे बाहुन भनिने भन्दै व्यंग्य गरेका हुन् । त्यस्तै नागरिक अगुवाले शासकलाई खबरदारी गर्नुपर्ने समेत उनको कथन छ ।

डा. भट्टराईले लेखेका छन्:
‘शासकको दीर्घायु निम्ति स्वस्तिवाचन गर्ने र दक्षिणा ग्रहण गर्नेलाई विद्वत् भाषामा पुरोहित र ग्राम्य भाषामा टपरे बाहुन भनिन्छ ! तर कतै पनि र कहिल्यै पनि नागरिक अगुवा भनिन्न । नागरिक अगुवाले सधैँ शासकलाई खबरदारी गर्छ चाकरी हैन ! पवित्र नागरिक अगुवा पदावलीलाई नागरिक ह…वामा भ्रष्टीकरण नगरियोस् !

Related Articles

Back to top button
Close