अन्तर्राष्ट्रिय समाचार

रसियामा २४ घण्टामा ७ हजार ९३३ जनामा कोरोना भाइरस सक्रमण

काठमान्डौ , रसियामा कोरोनाको संक्रमण दुर्त गतिमा फैलिएको छ। रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जना को’रोना भाइरस सक्रमितहरु थपिएका छन् । यससँगै शुक्रबारसम्म रसिया कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको देशको को’रोना भाइरस परिक्षण केन्द्रले जानकारी दिएको छ । रसियामा को’रोना भाइरसको संक्रमणको कारण १ हजार १६९ को मृ’त्यु भएको छ । विश्वभरी ३३ लाख भन्दा बढी को’रोना भाइरस संक्रमित भएका छन् भने २ लाख ३४ हजार भन्दाको मृ’त्यु भएको छ ।

त्यस्तै रसियाका प्रधानमन्त्री मिखाइल भि मिसुस्टिनलाई को’रोना भाइरस (को’भिड-१९)को संक्रमण भएको छ। बिहीवार आफूलाई कोभिड-१९ भएको जानकारी उनी स्वयंले दिएका हुन्। ५४ वर्षिय मिखाइल गत जनवरीमा रसियाको प्रधानमन्त्री बनेका थिए। राष्ट्रपति भ्लादमिर पुटिनसँगको भिडिओ कन्फ्रेन्समा उनले आफूलाई को’भिड-१९ भएको घोषणा गरेका हुन्। उनी को’भिड-१९ को संक्रमण हुने सबैभन्दा उच्च तहका रसियन हुन्। ‘मैले भर्खरै मेरो परीक्षणमा को’रोना भाइरस पोजेटिभ भएको प्रमाणित भएको छ, मिसुस्टिनले पुटिनसँगको टेलिभिजन छलफलमा भने।

मिसुस्टिनले त्यसपछि आममानिसहरूलाई सम्बोधन गर्दै को’रोना भाइरस संक्रमणलाई ग’म्भीरताका साथ लिन आग्रह गरेका थिए। यसैगरी उनले राष्ट्रपति पुटिनसँग स्वास्थ्य अधिकारीले सिफारिस गरे बमोजिमको ‘सेल्फ-आइसोलेशन’मा बस्ने बताएका छन्। पुटिनले उनको स्वास्थ्यलाभको कामना गरे। त्यसैगरी पुटिनले प्रधानमन्त्रीको आ’ग्रहमा आफ्नो अनुपस्थितिमा उप-प्रधानमन्त्री एन्द्रेइ आर बेलुसोभलाई अस्थायी जि’म्मेवारी दिने भएका छन्। मिसुस्टिन प्राविधिकरुपमा रसियाका दोश्रो ठूला अधिकारी हुन्, उनी पुटिनको निकट घेरा भन्दा बाहिरका व्यक्ति हुन्।

Related Articles

Back to top button
Close