समाचार

बैशाख २५ पछि लकडाउन खुकुलो पार्ने तयारी भइरहेको स्वास्थ्यमन्त्रीको खुलासा

काठमाडौं। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बैशाख २५ पछि लकडाउन खुकुलो पार्ने गृहकार्य भइरहेको खुलासा गरेका छन् ।

शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले लकडाउन खुकुलो पार्ने विषयमा सरकारले आन्तरिक गृहकार्य गरिरहेको बताएका हुन् ।

सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेकाले सोही अनुरुप गृहकार्य भइरहेको उनको भनाइ थियो ।

उनले संक्रमणको जोखिम र कृषि, उद्योग लगायतका षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै लक डाउनको स्वरुप परिवर्तन हुन सक्ने बताए ।

मन्त्री ढकालले विभिन्न क्षेत्रबाट गाउँ फर्किएका नागरिकहरुको र्यापिड डाइग्नोष्टिक परीक्षण जारी रहेको पनि बताए। सर्वोच्च अदालतले बाटोमा रहेका र सीमा नाकामा रहेका नागरिकहरुलाई उनीहरुको घरसम्म पुर्याउन आदेश जारी गरेपछि सरकारले घर पुर्याउने नीति अवलम्बन गरेको उनले बताए।

Related Articles

Back to top button
Close