भिडियो

ऋषि कपूरकोे अन्त्येष्टि गर्दा अन्तिम पटक बाबुको शवको ओरिपरी घुम्दै थिए, थामिएनन् आशु छोरा रणबीरको (भिडियोसहित)

भारत- चर्चित भारतीय अभिनेता ऋषि कपूरकोे अन्त्येष्टि गरिएको छ । मुम्बइको चन्दनवाडीस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । ६७ वर्षका कपूरको विहीबार विहान पौने ९ बजे निधन भएको थियो । बुधवार स्वास्थ्यमा समस्या आएपछि मुम्बइको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा उनलाई भर्ना गरिएको थियो । कपुर परिवारका तर्फबाट जारी गरिएको एक विज्ञप्तिमा भनिएको थियो, ‘हाम्रा प्यारा ऋषि कपूरको ल्यूकेमियासँग दुई वर्षको युद्धपछि आज विहान ८: ४५ बजे अस्पतालमा निधन भएको हो ।’

ऋषिको निधनपछि परिवारले सार्वजनिक गरेको पत्रमा लेखिएको छ, ‘हाम्रा प्रिय ऋषि कपुर शान्तपूर्वक जानुभयो । चिकित्सक र मेडिकल स्टाफले भन्नुभयो कि उहाँले अन्तिम पलसम्म पनि रमाइलो गराइरहनुभयो ।’ जीवनको अन्तिमसम्म मात्र होइन, अन्त्यपछि पनि ऋषिले आफ्ना प्रियजनलाई रमाइलो गराइरहनेछन् । उनको भौतिक शरीर गए पनि उनले खेलेका कालजयी सिनेमाहरू हामीसँगै छन् । फिल्मप्रेमीको मनमा ऋषि अनन्तकालसम्म रहिरहेछन् ।

अन्तिम संस्कारमा २० जना सहभागी भएका थिए । जसमा परिवारका सदस्य बाहेक अन्य केही नातेदार सहभागी थिए । अन्तिम संस्कारमा नीतू कपूर, रणबीर कपुरका अलावा सेफ अली खान, करीना कपुर, आलिया भट्ट, अभिषेक बच्चन उपस्थित थिए ।
ऋषिकी छोरी रिद्धिमा कपुर साहनी लकडाउनका कारण अन्तिम संस्कारमा उपस्थित हुन पाइनन् । ऋषि दिग्गज अभिनेता राज कपूरका दोस्रा छोरा थिए । ऋषिका भाइ रणधीर र राजीव कपुर तथा बहिनीहरु ऋतु नन्दा र रिमा जैन हुन् । ऋषिले सयौं फिल्म खेलेका छन् ।

बलिउडले दुई दिनमा दुई जना लोकप्रिय कलाकार गुमायो। इरफान खान बितेको चौबीस घन्टा नबित्दै सत्तरी-असी दशकका ‘लभर ब्वाई’ ऋषि कपुर ६७ वर्ष उमेरमा बिहीबार आफ्नो जिन्दगीबाट बिदा भए। इरफान र ऋषि भनेका बलिउडका दुई ध्रुव हुन्। जयपुरको टोंक गाउँमा जन्मिएका इरफानको जिन्दगीको मकसद नै बलिउडमा प्रवेश गर्नु थियो। संवादरहित एक दृश्यको भूमिकाबाट बलिउडको मूलधारमा पाइला जमाउन उनले संघर्षको लामो कालखण्ड पार गरे।

यसको ठिक विपरीत, ऋषि कपुर भनेकै बलिउड हुन् — पारिवारिक रूपमा पनि र उनले खेल्ने फिल्मका आधारमा पनि। लाखौं मान्छे जुन बलिउडको सपना देख्दै हुर्किन्छन्, ऋषिको जन्म त्यही बलिउडको मूलधारमा भयो। हजुरबासहित उनका बुबा, काका–काकी, दाजुभाइ लगायत सिंगो परिवार, सरसंगत, हुर्काइबढाइ नै बलिउड हो।

ऋषि कपुर बलिउडका त्यस्ता कम स्टारपुत्रमा पर्छन्, जसले आफ्नो करिअरमा बाबुको सेप लाग्न दिएनन्। उनको नाउँसँग सिंगो ‘कपुर खानदान’ को विरासत जोडिएको थियो, जसको चौथो पुस्ताले समेत बलिउडमा धूम मच्चाउँदै छ। दुई वर्षदेखि रगतको क्यान्सरसँग जुधिरहेका ऋषिले करिब एक वर्ष न्यूयोर्कमा उपचार गराए। उनी गत सेप्टेम्बरमा मुम्बई फर्किएका हुन्। केही दिनअघि सास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

बिहीबार उनको निधनपछि दुईवटा ‘कमब्याक’ फिल्म अधुरो रहेका छन्। उनले ‘शर्माजी नमकिन’ भन्ने कमेडी फिल्मका केही दृश्य गत फेब्रुअरीमा सुटिङ गरेका थिए। हलिउड कमेडी ‘द इन्टर्न’ को हिन्दी संस्करणमा पनि उनले काम गर्ने पक्कापक्की थियो।

Related Articles

Back to top button
Close