अन्तर्राष्ट्रिय समाचार

साढे ४ अर्ब सहयोग उठाउने क्याप्टेन टमको प्रमोसन, १०० औं जन्मदिनमा कर्णेलमा बढुवा

काठमाडौं। को’रोनाभा’इरसवि’रुद्ध ल’डिरहेका बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)का स्वास्थ्यकर्मीहरुका लागि आकर्थि सहयोग संकलन गरिरहेका बेलायती सेनाका पूर्व क्याप्टेन टम मूरे अब कर्णेल भएका छन् । बेलायती सेनाले उनको १०० औं जन्मदिनको अवसरमा अप्रिल ३० तारिख बिहीबारका दिन उनको पदोन्नतती गरेको हो । उनले एनएचएसका लागि आर्थिक संकलन गर्ने क्रममा विश्वरेकर्ड बनाएका थिए । उनले ३ करोड पाउण्ड (साढे ४ अर्ब नेपाली रुपैयाँ) बराबरको आर्थिक सहयोग संकलन गरिसकेका छन् र उनको अभियान जारी छ ।

दोस्रो विश्वयु’द्ध लडे’का कर्णेल टमले अहिले एनएचएसका लागि सहयोग उठाउन निरन्तर सक्रिय भएपछि विश्वभरीबाट उनको प्रशंशा भइरहेको छ । उनको १०० औं जन्मदिनको अवसरमा महारानी एलिजावेथ द्वितीयले पठाएको टेलिग्राम पढ्नुभन्दा ठिक अघि उनलाई मानार्थ कर्णेलमा बढुवा गरिएको हो । उनले आफ्नो चर्चित बगैंचाको २०० चक्कर हिँड्ने लक्ष्य लिएका छन् र आजै उनले यसको २०० औं चक्कर लगाएर पूरा गर्ने अपेक्षा गरिएको छ । यसपछि उनले आफ्नो १०० औं जन्मदिनमा शुभकामनासहित आएका १ लाख ५० हजार कार्ड पढ्नेछन् ।

क्याप्टेन टमले बेलायतमा कोरोनाभाइरसको प्रकोप अत्याधिक बढेपछि एनएचएसका स्वास्थ्यकर्मीहरुका लागि आर्थिक सहयोग संकलन सुरु गरेका थिए । उनले आफ्नो १०० औं जन्मदिनभन्दा पहिले आफ्नो बगैंचाको १०० चक्कर लगाउने लक्ष्यसहित हिँड्न सुरु गर्दै सहयोगका लागि आह्वान गरेका थिए । उनले १ हजार पाउण्ड संकलन गर्ने लक्ष्यसहित हिँड्न सुरु गरेका थिए तर उनको अभियानले पूरै विश्वलाई तानेपछि उनले अहिलेसम्म ३ करोड पाउण्ड उठाइसके । विश्व आकर्षित भएपछि उनले आफ्नो लक्ष्य पनि बढाएर बगैंचाको २ सय चक्कर लगाउने निर्णय गरेका थिए ।

Related Articles

Back to top button
Close