समाचार

नेपाल लकडाउन : छोरी संग रमाउदै अभिनेत्री बिनिता बराल

काठमाडौ/ चपली हाईटबाट चलचित्र क्षेत्रमा पाइला टेकेकी चर्चित नायिका बिनिता बराल छोरीसंग लकडाउनको समयमा घर मानै समय बिताएकी छिन् । उनले पुसमा छोरीलाई जन्म दिएकी हुन् । बिनिताले चलचित्र चपली हाईटपछि फुलस्टप, सुपरहिट र उमङ्ग चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

अमेरिकामा बस्दै आएकी उनि नायिका मात्र नभई लेखक समेत रहेकी छिन् । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट बच्नको लागि लकडाउन गरिएको छ । लकडाउनको समयमा उनि छोरीसंगै रमाइरहेकी छिन् । उनले छोरीसंगै ।रमाएका तस्विर सामाजिक संजालमा शेयर गरेकी छिन् । उक्त तस्विले यतिबेला निकै चर्चा पाएको छ । लामो समय सम्म प्रेममा रहेकी उनि स्यांजाका प्रेमी तिलक पौडेलसँग विवाह गरेकी हुन् ।

पहिलो फिल्म ‘चपली हाईट’ खेलेर चर्चामा आएकी बिनिता बराल फिल्म छाडेर कृषि पेशामा आवद्ध थिइन् । र उनले विवाह गरेको केही समयमा नै आफू गर्भवती भएको भन्दै सप्राइज खबर फेसबुकमा नै सेयरस गरेकी थिइन् । हालै बिनिताले शेयर गरेका तस्विरमा छोरीको मुस्कान छाइरहेको छ । तस्विर शेयर गर्दै उनले लेखेकी छिन् । “म तिमीलाई माया गर्छु, तिमीले विश्वलाई नै उज्यालो बनाउने छौ प्यारी छोरी”

Related Articles

Back to top button
Close