भिडियो

अस्ट्रेलियामा अध्ययनरत नेपाली अन्तराष्ट्रीय बिद्यार्थीहरु भन्छन , आमा बुबा आत्तिनु पर्देन सबै राम्रो छ (भिडियो सहित)

चर्चित पत्रकार तथा हास्यकलाकार मदन कोइरालाले अस्ट्रेलियामा अध्यनरत अन्तराष्ट्रीय नेपाली बिद्यार्थीहरुको वर्तमान परिस्थिति बारे एक रिपोर्ट तयार पारेको छन ।पछिल्लो दिनहरुमा विभिन्न समाचारमा अस्ट्रेलियामा रहेका नेपाली बिधार्थीले खाना पाएनन्, सडकको बास भो भन्ने खालका समाचार आएपछि चर्चित पत्रकार कोइरालाले केहि बिद्यार्थीहरुलाइ के हो त अवस्था बुझ्ने प्रयास गरेको थिए।

अस्ट्रेलिया अहिले सेमी लकडाउनमा छ, धेरै ब्यबसाय बन्द छन् भने कति सुस्त गतिमा छन् र यस्तो बेलामा धेरैको रोजगारी गुम्नु स्वभाबिक पनि हो । तर समाचारहरु मोडेर अनि तोडेर होइन के हो त्यही खोलेर देखाइनुपर्छ । सुरक्षित बस्नुहोस्, मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुहोस् अनि आफ्नो र आफ्नाको ख्याल राख्नुहोस् भन्दै वर्तमान बिद्यार्थीको अबस्था जानकारीको लागि तल दिएको भिडियो हेर्न अनुरोध समेत गरेका छन।

Related Articles

Back to top button
Close