समाचार

कतारमा थप २ सय २८ जना कोरोना संक्रमित भेटिए, आठ जना निकोभए

कतारमा फेरी २ सय २८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। सोमबार कतार स्वास्थ्य मन्त्रालयले जानकारी गराए अनुसार कतारमा थप २ सय २८ जना संक्रमित भएका छन् भने ८ जना पूर्ण रुपमा निको भएका हुन्।

कतारमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ सय ३२ पुगेको छ। भाइरसको परिक्षणमा तिव्रता दिएको कतारले हालसम्म कुल १ सय ३१ जनालाई पूर्णरुपमा निको बनाएको छ।

कतारमा दिनप्रतिदिन कोरोना भाइरस फैलिदै गइरहेकाबेला सरकारले जारी गरेको गाइडलाइन अनुसार सावधानी अपनाउन कतार सरकारले सबैलाई आग्रह गरेको छ। हाल कतारमा कोरोना भाइरसबाट ४ जनाको मृत्यु भएको छ। कुल ३४ सय २४ सक्रिय संक्रमित मध्य एक जनाको अवस्था गम्भीर भएको छ भने अन्य संक्रमितहरु सामान्य अवस्थामा रहेका छन् ।

Related Articles

Back to top button
Close