समाचार

सं’क्रमित युवककी पत्नीको रिपोर्ट ‘नेगेटिभ’, तर भाउजुलाई को’रोना सरेपछि परिवार चकित !

धनगढी। कुनै त्यस्तो लक्षणबिना नै स्थानीय एक महिलाबाट लिइएको स्वाबको परीक्षणले को’रोना ‘पोजेटिभ‘को नतिजा देखिएपछि उहाँको परिवारका कतिपय सदस्य अलमलमा परेका छन् । ज्व’रो, रुघाखोकी, श्वास फेर्न गा’ह्रो हुने त्यस्तो कुनै लक्षण नदेखिएको र को’रोना पुष्टि भएका ब्यक्तिसंग त्यस्तो उठबस पनि नभएको अवस्थामा पनि महिलामा को’रोना पुष्टि भएपछि कुन माध्यमबाट कसरी उहाँमा को’रोना भयो भन्नेमा परिवारका सदस्यहरु अलमलमा परेका हुन् ।

“त्यस्तो कुनै लक्षण नदेखिएको अवस्थामा सेती प्रादेशिक अस्पतालवाट आएको टोलीले घरमा बस्नुभएकी उहाँलाई लगेर जाँदा रो’ग कसरी सर्यो होला भनेर अलमलमा पर्यौँ”, को’रोना पुष्टि भएकी महिलाकी जेठानीले भन्नुभयो, “विदेशवाट आइपुगेका देवरलाई भान्सामा उहाँले खाना खुवाउनुबाहेक अरु समयमा उठबस भएन, तर देवरको प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यमा रो’ग नसरेको देख्दा विचित्रको कुरा भएको छ ।”

को’रोना पुष्टि भएका युवककी श्रीमती र बच्चासहित घरपरिवारका अन्य सात जनाको नतिजा नेगेटिभ आएको छ । युवककी भाउजूमा नतिजा पोजेटिभ देखिएको हो । को’रोना पुष्टि भएका व्यक्तिबाट परिवारकै अर्को सदस्यमा को’रोना भएको यस्तो घ’टनापछि कोरोना दोस्रो चरणमा प्रवेश गरेको घोषणा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिन अघि नै गरेको थियो । योसँगै रोकको रोकथाममा चु’नौती पनि थपिदिएको छ ।

को’रोना पुष्टि भएका युवक उहाँकी भाउजूसहित थप दुई पुरुषलाई सेती प्रादेशिक अस्पताल धनगढीमा राखेर उपचार भइरहेको छ । उपचारमा संलग्न अस्पतालका फिजिसियन डा शेरबहादुर कमरले को’रोना भा’इरस शरीरमा गएपनि सबैलाई यो रो’गको सं क ्रम ण नहुन पनि सक्ने बताउनुहुन्छ । “को’रोना पुष्टि भएका युवकलाई ति महिलाले ज्व’रो आएको भनेर खाना पानी दिनुभयो होला, नजानिँदो ढङ्गले भा’इरसको स ङ्क्र म ण भएको हुनसक्छ”, उहाँले भन्नुभयो ।

को’रोना पुष्टि भएका चारै जनालाई अस्पतालको छुट्टाछुट्टै कक्षमा राखेर उपचार भइरहेको छ । अस्पतालले विगतदेखि दश प्रतिशत बि’रामीलाई निःशुल्क खाना खुवाउँदै आएकोमा सोही मापदण्डभित्र रहेर अहिले कोरोना पुष्टि भएकालाई पनि निःशुल्क खानाको व्यवस्था गरिरहेको छ । “आवश्यक पर्दा पिपिइ, मास्कलगायतका सुरक्षा सामग्री लगाएर उहाँहरुको स्वास्थ्य जाँच गरिरहेका छौँ”, डा कमरले भन्नुभयो, “चारै जनाको स्वास्थ्य अवस्था समान्य छ ।”सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Related Articles

Back to top button
Close