अन्तर्राष्ट्रिय समाचारसमाचार

साउदी अरबमा राजपरिवारका १५० जनालाई कोरोना संक्रमण

काठमाडौं / साउदी अरबको सत्तारुढ शाही परिवारका १५० सदस्यमा कोरोना भाइरस संक्रमण भएको छ । न्यूयोर्क टाइम्सको एक रिपोर्टका अनुसार साउदीमा केही हप्ताको अवधिमै यो संक्रमित पाइएको हो ।

कोरोना भाइरसबाट बच्नका लागि राजा सलमान र युवराज मोहम्मद बिन सलमानलाई आइसोलेट गरिएको छ ।

त्यस्तै रियादका गभर्नर साउदी राजकुमार फैसल बिन बन्दर अल साउदमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।

७० वर्षका युवरा फैसललाई आइसीयूमा भर्ना गरिएको छ । किङ फैसल एलीट अस्पतालका डाक्टर शाही परिवारको उपचारमा खटिएका छन् । अस्पतालमा भिआईपीका लागि ५०० अतिरिक्त वेड तयार गरिएको छ ।

न्युयोर्क टाइम्सले अस्पतालका निर्देशकलाई उद्धृत गर्दै लेखेको छ, ‘कति जनालाई अस्पताल ल्याउनु पर्ने हो हामीलाई थाहा छैन । तर हामी हाईअलर्टमा छौं । यहाँका विमारीलाई अन्य अस्तपालमा पठाएका छौं । ताकि शाही परिवारका सदस्यको उपचारमा कुनै कमी नहोस् ।’

साउदीमा सयौंको संख्यामा राजकुमारहरु छन् । रिपोर्टका अनुसार तीमध्ये केही नियमित रुपमा युरोपको यात्रा गर्छन् । यही युरोप यात्राका क्रममा कोरोना भाइरस संक्रमण भएको बताइएको छ ।

Related Articles

Back to top button
Close