Friday, February 21

माघ १ गते सार्वजनिक विदा !

January 11, 2020 237

पोखरा । गण्डकी प्रदेशमा माघ १ गते सार्वजनिक विदा हुने भएको छ।माघे संक्रान्ति पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले माघे १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को २४ गते बिहीबार बसेको बैठकले प्रदेशमा १ गते सार्वजनिक विबिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै प्रवक्ता बस्नेतले बैठकले उक्त विदाको निर्णय सहित विभिन्न ८ वटा निर्णय गरेको बताए।

मन्त्रिपरिषद्को बैठकले प्रदेश दुग्ध विकास बोर्डको सदस्यसचिव नियुक्त गर्ने, कर्मचारीको पदस्थापन तथा सरूवासम्बन्धी मापदण्ड २०७६ स्वीकृत गर्ने, प्रदेश समन्वय परिषद्को बैठक खर्चको रकमान्तर स्वीकृत र खर्च गर्ने, होम स्टे संचालनसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने लगायतका निर्णय गरेको छ ।

Loading...

प्रतिकृया दिनुहोस्