समाचार

कोरोनाको महामारीमा सरकारले जनतालाई झुक्यायो, उपत्यका बाहिर जाने यस्तो थियो निर्णय

काठमाडौं । सरकारले शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिर जाने गरेको निर्णय केही परिवर्तन गर्दा पोकापुन्तुरा कसेकाहरु निराश भएका छन् । बिहीबार बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको काेभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिर जान दिने निर्णय गरेको थियो ।

उक्त निर्णय भएसँगै सम्प्रेषण भएका समाचारपछि धेरैले उपत्यका छाड्न आफ्ना पोकापुन्तुरा कस्न लागेका थिए । यातायात व्यवसायीलाई सम्पर्क गर्न लागेकाहरु पछि सरकारले नै लैजान भनेपछि कसरी लैजान भनेर जिज्ञासा राखिरहेका थिए । तर, एक्कासी सरकारले उपत्यका बाहिर जान दिने निर्णय नै नभएको भनेर जनतालाई ढाँटेको छ । उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेलले काठमाडौं उपत्यका बाहिर जान दिने कुनै पनि निर्णय नभएको भन्दै सम्प्रेषित समाचारमा सत्यता नरहेको बताए ।

उपत्यका बाहिर जान दिने निर्णय नै नभएको भनेर उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले जनतालाई झुक्याएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भेरिफाई फेसबुक पेजमा लकडाउनका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिन खोजेकालाई मध्यनजर गर्दै उच्चस्तरीय समितिको बैठकले भोलि (शुक्रबार र पर्सी (शनिबार) काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको उल्लेख गरेको छ ।

साथै सोही पेजमा अपडेट गरिएको भन्दै स्थानीय तथा प्रदेशस्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोलि र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको पनि लेखिएको छ ।मन्त्रिपरिषद् कार्यालयको फेसबुक पेजमा लेखिएको छ, ‘लकडाउनका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिन खोज्नु भएका वासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्च स्तरिय समितिको बैठकले भोली र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ ।
अपडेट स्थानिय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोली र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक पेजमार्फत उपत्यका बाहिर जान दिने निर्णय भएको र पछि प्रदेश सरकारले मान्यता नदिएकाले फिर्ता लिएको जानकारी दिएको थियो । तर, उपप्रधानमन्त्री तथा समिति संयोजक पोखरेलले उक्त निर्णय नै नभएको बताएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्रवाह भएको सूचना र सोही आधारमा बनेका समाचारमा सत्यता नरहेको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जारी गरेको विज्ञप्ति :

‘भोली र पर्सी ( २८(२९ चैत्र , २०७६ ) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको‘ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘ नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति ‘ को गंभीर ध्यानाकर्षण भएकोछ । यस किसिमको कुनै निर्णय नभएको , कोभिड(१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ ( लक डाउन ) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्री ज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं । यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ !? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।
( ईश्वर पोखरेल
संयोजक
‘ कोभिड(१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति

उपप्रधानमन्त्री पोखरेलले मात्रै होइन गृह मन्त्रालयले पनि कुनै निर्णय नभएको भन्दै प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले प्रेस विज्ञप्ति निकालेर शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने प्रकाशित समाचारप्रति गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस किसिमको निर्णय नभएको जानकारी दिएका हुन् ।

Related Articles

Back to top button
Close