समाचार

हास्यकलाकार किरण केसीद्वारा राहत हस्तान्तरण

काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन गरेको लकडाउनका कारण मानिस मर्कामा परेका छन् । सरकारले लकडाउन गरेसँगै १७ दिनदेखि घरमै मानिसहरु बसेका छन् । लकडाउनका कारण दैनिक मजदुरी गरेर जीवन गुजरा गरेकाहरुलाई विभिन्न व्यक्ति, समूह र संस्थाहरुले खाद्यन्नसहित विभिन्न राहत वितरण गरिरहेका छन् ।

यसैक्रममा हास्यकलाकार किरण केसीले पनि राहत वितरण गरेका छन् । कलाकार केसी र ट्वान्टी वान ग्रुप प्रोपर्टी डिलक्सले संयुक्त रुपमा ललितपुरको महालक्ष्मी नगरपालिकालाई चामल र मास्क उपलब्ध उपलब्ध गराएको हो ।

कलाकार केसीकाअनुसार नगरपालिकामार्फत पीडितलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाएको हो । उनले एक सय बोरा चामल र १० हजार पीस मास्क प्रदान गरेको जानकारी दिए ।

कलाकार अभिनित लक्काजवान चलचित्र यही चैतमा रिलिज गर्ने तयारी गरिएको थियो । तर, विश्वभर फैलिएको कोरोनाभाइरसको महामारीसँगै नेपालले गरेको लकडाउनका कारण प्रदर्शन मिति निश्चित बनेको छ ।

Related Articles

Back to top button
Close