समाचार

बैशाखभर वा सो भन्दा बढी ‘लकडाउन’ लम्बिन सक्छ ! धैर्य बनौँ

काठमाडौं। नेपालमा कोरोना संक्रमण नफैलिनुको मुख्य कारण लक डाउन हो । सरकारको यो कदमलाई हामी आम नागरिकले बुझ्नुपर्छ कि, यो लक डाउन हाम्रै लागि हो । तसर्थ घरभित्र बसौं ।

छिमेकी देश भारतमा जहिलेसम्म लक डाउन हुन्छ वा जहिलेसम्म भारतमा कोरोना संक्रमण सकिदैन, तबसम्म हामीले लक डाउन गर्नुको बिकल्प छैन ।

हामीहरु मानसिक रुपमा तयार हुनुपर्छ कि, लक डाउन जति लामो समय पनि जान सक्छ । त्यसैले अनाबश्यक रुपमा घरभित्र भोजभतेर नगरौं। मितव्ययिता अपनाएर खाध्य पदार्थ संचय गरौँ । घरभित्रबाट गर्न सकिने वा मिल्ने काम गरौँ ।

हाम्रो देशको स्वास्थ्य प्रणाली, स्वास्थ्यकर्मीको संख्या, अस्पतालको क्षमता, आइसीयु र भेन्टिलेटरको संख्या निकै कम छ । कोरोना संक्रमण भएर यदि हामी अस्पताल बस्नुपर्यो भने त्यो बिकराल अवस्था हुनेछ । बिकसित देशमा त त्यो हालत छ भने हाम्रो देशमा कोरोना संक्रमण फैलियो भने अकल्पनीय हुन्छ ।

हाम्रो हातमा अस्पताल बस्नुको बिकल्प छ । त्यो हो एक छाक खाएर भएपनि घरभित्र बस्ने, सरसफाई गर्ने, सरकारले लक् डाउनलाई निकै कडा बनाउने , खास गरेर बिहान / बेलुकामा लक डाउन उल्लङ्घन ब्यापक भएको छ, त्यसलाई नियन्त्रण गर्ने ।

सिमाना बाट एकजना पनि छिर्न नदिने । सिमानामा सुरक्षाकर्मी बाक्लो रुपमा परिचालन गर्ने । सिमानाका स्थानीयलाई प्रशिक्षित गर्ने, उनीहरुसंग सहकार्य गर्ने।

चिनिया मोडेल अपनाएर कडा लक डाउन, संक्रमित क्षेत्रको शिलबन्दी तथा कोरियन मोडेल अपनाएर ब्यापक परिक्षण र आइसोलेसन गरेमा हामी नेपाली कोरोनाबाट बच्नेछौँ । सबैले आफ्नो क्षेत्रबाट कोरोना रोकथामको लागि सक्रिय बनौं ।

हामीले लक डाउन उल्लंघन गरेमा के के हुन सक्छ ?
..
राजधानीमै लक डाउन निकै फितलो देखिएको छ | बिहान र दिउँसो हावा खाने, सपिंग गर्ने तथा बिनाकाम समुह बनाएर हिंड्ने देखिनु निकै दुखद कुरा हो |

सरकारले लक् डाउन गरेको हाम्रै लागि हो | हामीले बिर्सिनु हुँदैन कि लक डाउन नगरेको भए अहिले नेपालको अवस्था बिकराल हुने थियो | हामी लक डाउनबाट नै बाँचेका छौं र बाँच्नेछौं |

हामीले लक डाउन उल्लंघन गरेमा के के हुन सक्छ ?
..
– हामी अस्पतालको आइसोलेसन वार्डमा एक्लै बस्नुपर्छ |

– परिवार तथा आफन्तले भेट्न मिल्दैन |

– कोरोना भाइरस घांटी हुँदै फोसोमा पुगेपछि यसले फोक्सोका कोष / Alveoli नष्ट गर्दै जान्छ | त्यसपछि हाम्रो फोक्सोको कोषबाट पानी लिक हुँदै फोक्सोमा पानी जम्छ | अर्थात भाइरल निमोनिया हुन्छ | यसको कारण हामीलाई सास फेर्न निकै गाह्रो हुन्छ | फोक्सोलाई काम गर्न गाह्रो भएपछि मुटु, किड्नी, ब्रेन लगायतका अंगमा अक्सिजन सप्लाइ निकै घट्छ | यसबाट फोक्सो तथा मृगौला फेलर हुन्छ | मस्तिष्कमा अक्सिजन नपुगेपछि बेहोश हुन सकिन्छ | मुटुमा अक्सिजन नपुगेपछि मुटुलाई ठूलो दवाव पर्छ | त्यो दवाबले गर्दा कार्डिक एरेस्ट हुन्छ | अनि हाम्रो मृत्यु हुन्छ | यो प्रक्रिया यति छिटो फैलिन्छ कि हाम्रा आइसीयु तथा भेन्टिलेटरले काम नगर्न सक्छन | यसै पनि हामीकहाँ भेन्टिलेटरको संख्या निकै कम छ | मृ’त्यु भएपछि पनि हाम्रो दाह संस्कार गर्दा आफन्तले टाढैबाट गर्नुपर्छ, छुन मिल्दैन |
…….
त्यसैले लक् डाउन उल्लङ्घन नगरौं | आफु, आफ्नो परिवार, आफन्त, समाज तथा राष्ट्रलाई सुरक्षित राख्न जिम्मेवार बनौं | कोरोना भाइरस त्यसलाई सर्छ, जो लक डाउन उल्लङ्घन गरेर घर बाहिर निस्कन्छ | आगामी १ महिना दुख सह्यौं भने हामीले यो कष्टबाट मुक्ति पाउनेछौं |

Related Articles

Back to top button
Close