समाचार

फेरी दिए वडाध्यक्ष सुमनले सामाजिक कामका लागि आफ्नो पारिश्रमिक

नेपालगञ्ज, १२ साउन । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुमन मल्ल जनप्रतिनिधि मात्र होइनन् । उनले बेलाबेलामा गर्ने सामाजिक कामले उनलाई सामाजिक अभियन्ताका रुपमा पनि चिन्न सकिन्छ । जनप्रतिनिधि नहुँदा पनि उनले ब्यक्तिगत प्रयासमा विभिन्न सामाजिक काम गरिरहन्थे । पछिल्लो समय उनले आफुले जनप्रतिनिधि भए बापत पाउने पारिश्रमिक सामाजिक कामका लागि सहयोग गरेका छन् ।

यस अघि पनि उनले पारिश्रमिक विभिन्न सामाजिक काममा लगाएका थिए । मल्लले खजुरा ४ ईगाउँमा श्मसानघाट निर्माणका लागि आफुले पाउने पारीश्रमिकवाट तीन महिनाको ६० हजार रुपिया सहयोग गरेका छन् । श्मसानघाट ब्यवस्थापन समितिका अध्यक्ष उज्ववल विसीले वडा अध्यक्ष मल्लबाट सहयोग प्राप्त भएपछि बाँकी निर्माण कार्य पुरा गर्न सहज भएको बताएका छन् । वजेट अभावले श्मसानघान निर्माणमा समस्या उत्पन्न भएको थियो ।

सहयोग रकम हस्तान्तरणका बेलामा सो अवसरमा वडा नम्बर ४ का स्थानीय अगुवा देवराम विसी, शेरबहादुर बिसी, डम्बर खड्का, मान बहादुर सिंह ठकुरी, केवल वली, वीरबहादुर विसी, जगदिश खत्री,भोला मल्ल लगायतको उपस्थिती रहेको थियो । उनले जनताको सेवाकै लागि जनप्रतिनिधि बनेको कारणले आफ्नो कर्तब्य निर्वाह गरेको प्रतिकृया दिए ।

Related Articles

Back to top button
Close