समाचार

कोरोनाको माहामारीको बेला ग्रीनकार्ड जोगाउन अमेरिका पुगेका सरोज खनाल श्रीमती र नातिसँग रमाउँदै, भन्छन्, ‘जसले जे भने पनि यो समय परिवारसँग बिताउन उचित सम्झिएँ । जे पर्ला त्यही टर्ला ।’

काठमाडौं – करिव ५ बर्ष अगाडि एक टेलिभिजन कार्यक्रममा अभिनेता सरोज खनालले बुढ्यौली समय स्वदेशमा बिताउन फर्किएको बताएका थिए । उक्त समय टेलिभिजन कार्यक्रममा प्रस्तोताले नेपाल बृद्धाआस्रम हो र भनेर प्रश्न गरेको बिषय निकै बिवादमा चर्चामा छाएको थियो ।

उक्त बिवाद पछि अभिनेता सरोज खनालले अवको समय समय आफ्नो देश नेपालमै कलाकारिता गरेर बस्ने बताएका थिए । सोही कारणले पनि धेरै निर्माताले उनलाई फिल्मको अफर समेत लगातार दिए । तर, अहिले आएर अभिनेता फेरि केहिदिन अघि अमेरिका उडेका छन् । अमेरिकी सरकारले बिदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएको कारण सरोज पनि आइतबार अमेरिका उडेका थिए ।

अमेरिकाको ग्रीनकार्डका कारण उनी अहिले अमेरिका उडेको बुझिएको छ । अमेरिकाको सुख सुबिधा छाडेर श्रीमती सहित नेपाल फर्किएको बताएर सो समय सबैको सहानुभुतिका पात्र बनेका सरोज अहिले फेरि अमेरिका उडेका हुन् ।

यस्तो अवस्थामा पनि अभिनेता सरोज खनाल अमेरिका फर्केपछि उनको मिडिया र सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । अमेरिकी सरकारले आफ्ना नागरिकलाई विमान चार्टर गरेर आफ्नो देश लैजाने क्रममा सरोज खनाल पनि गएका थिए । सरोज खनाल अमेरिकी ग्रिनकार्डधारी हुन् । त्यसैले उनी अमेरिकी नागरिक हुन् । उनको पूरै परिवार अमेरिकामै छ । जेठो छोरा अमेरिकी आर्मीमा कार्यरत छन् भने कान्छो छोरा अध्ययनरत छन् । श्रीमती सूर्यमाला खनालसमेत उतै रहेकाले कोरोनाको जोखिमकै बीच सरोज अमेरिका गएका हुन् ।

अमेरिका पुगेलगत्तै सरोज खनालले श्रीमती र दुई नातिसँग तस्बिर खिचाउँदै सामाजिक सञ्जालमा राखेका छन् । उनले यस्तो विपतको समयमा परिवारसँग बिताउन चाहेर अमेरिका आएको प्रतिक्रिया दिएका छन् । उनले आफूविरुद्ध भइरहेको आलोचनालाई सहर्ष स्वीकार गर्दै लेखेका छन्, ‘सर्वे भवन्तु सुखिनः सर्वे संतु निरामयः । जसले जे भने पनि यो समय परिवारसँग बिताउन उचित सम्झिएँ । जे पर्ला त्यही टर्ला ।’

Related Articles

Back to top button
Close