समाचार

धरानकी दिपिका बस्नेत नेपाल स्टारको दोश्रो चरणमा प्रवेश

नेपालमा टेलिभिजन रियालिटी शोहरुले पछिल्लो समय निक्कै चर्चा बटुलिरहेको छ । अन्तरास्ट्रिय फ्रेन्चाईज शोहरुले नेपालमा पनि उच्चगुणस्तरीय क्वालिटिको रियालिटी शोहरु गर्न सकिन्छ भन्ने प्रमाणित गरे संगै नेपालकै अर्गानिक उत्पादनमा समेत क्वालिटिको रियालिटी शोहरु हुन थालेको छ । नेपाल लोक स्टार, कमेडी च्याम्पियनको पहिलो सिजन सफल समापन संगै भर्खरै टेलिभिजनमा सुरु भएको छ “नेपाल स्टार” ।

नेपाल स्टारको देशका विभिन्न ठाउमा गरिएको अडिसनहरु यतिबेला टेलिभिजनमा प्रसारण भैरहेको छ । गएको सनिवार प्रसारण भएको सुर्खेत अडिसनमा धारनकी दिपिका बस्नेत पनि सहभागी भएकी थिइन् । सहभागी उनले जर्जहरुको मन जित्दै सो अडिसन पार गरेर अर्को चरणको अडिसनमा छनौट भएकी छन् । उनले अडिसनमा समृद्धि राईको “म चाहिँ नेपाली” गाएकी थिइन् । निर्णायकमा रहेका गायक रामकृष्ण ढाकालको अनुरोधमा उनले अर्को “ती मिठा पलहरु” बोलको गीत गाएकी थिइन् ।

उनको गायिकीलाई ३ जनै निर्णायकहरुले उच्च मुल्यांकन गर्दै अर्को चरणमा छनौट भएकी हुन् । विशेषगरी पप तथा रक गीतमा लगाव राख्ने दिपिका अन्य शैलीका गीतहरुलाई पनि सहजै गाउने गर्छिन् । यस्तै उनको पढ्ने, गाउने रुचि संगै रेस्लिङ र स्टन्ट पनि गर्छिन । “ओसाईरिस” नामक आफ्नै समूह बनाएर उनले यो कार्यहरू गरिरहेकी छन् । घरमा पनि फुर्सदमा रहदा ट्र्याकमा गीत गाउने दिपिका सौन्दर्यतामा पनि धनी छिन । यसअघि पनि उनले केही साङितिक कार्यक्रमहरुमा सहभागी हुँदै आफ्नो गायन कला प्रस्तुत गरेकी थिइन् । घरपरिवारले पनि आफुलाई जुनसुकै क्षेत्रमा लाग्दा पनि सपोर्ट गर्ने बताईन् ।

Related Articles

Back to top button
Close