समाचार

कोरोना सङ्क्रमित युवतीसँगै कतारबाट आएका युवाको परीक्षण नेगेटिभ

ताप्लेजुङ – कोरोना सङ्क्रमित युवतीसँगै कतारबाट जहाजमा आएका ताप्लेजुङका एक युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ती युवासहित तीन जनाको स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । भारतबाट आएकी एक महिला र उच्च ज्वरो देखिएका अर्का एक वृद्धको स्वाब परीक्षण भएको हो ।

तीनै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डा सोनिङ लामाले जानकारी दिनुभयो । तीनै जना अहिले होम क्वारेन्टाइनमा रहेको बताइएको छ । यस्तै जिल्ला अस्पतालको आइसोलेसनमा रहेका तीन जनालाई समेत डिस्चार्ज गरिएको जनाइएको छ । उता सिरिजङ्घा गाउँपालिकामा क्वारेन्टाइनमा रहेका आठ जनालाई समेत घरैमा सुरक्षित बस्ने गरी घर पठाइएको गाउँपालिकाले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।रासस

Related Articles

Back to top button
Close