समाचार

लकडाउनमा कोही भोकै मर्न नपरोस : बद्री पंगेनी

काठमाडौं / विश्वनै कोरोनाको कारण आतंकित भए संगै यसबाट कलाकारहरुले पनि सरकारले चालेको योजनालाई सहयोग गर्न थालेका छन त्यसै भित्र लोकप्रिय गायक बद्री पंगेनीले पनि सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा आफ्नो व्यक्तिगत रुपबाट ५० हजार रुपैयाँ सहयोग गरेका छन।पंगेनीले आफ्नो तर्फबाट सहयोग रकम हस्तान्तरण गरे संगै केहि संदेश पनि दिएका छन।

पंगेनीले राष्ट्रिय वाणिज्य बैंकको खातामा आफ्नो तर्फबाट सो रकम जम्मा गरेका हुन् । कोरोनाकै कारण लकडाउन भए संगै कलाकारहरु यो समय घरमै बसिरहेका छन।सोहि प्रभाब पंगेनीमा पनि परेको छ।

पंगेनी गीतबाटै भन्छन: “संकटको बेला आत्तिनु हुन्न,प्रकोपको बेला मात्तिनु हुन्न”।सरकारले मानव जातिलाई नै संकटमा पार्ने गरी फैलिएको कोभिड १९ महामारीविरुद्ध सरकारले गरिरहेको प्रयासमा साथ दिन आफूले व्यक्तिगत रुपमा कोषमा योगदान गरेको बताए ।

त्यस्तै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १५ लाख १४ हजार नाघेको छ । तीन लाख २९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म संक्रमणका कारण ८८ हजार ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १४ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या चार लाख २७ हजार नाघेको छ । युरोपमा पनि उस्तै अवस्था छ । इटलीमा १७ हजार ६ सय, स्पेनमा १४ हजार ८ सय र फ्रान्समा १० हजार आठ सयभन्दा बढीको मृत्यु भएको छ ।

त्यसैगरी बेलायतमा ७ हजार १ सय, जर्मनीमा २ हजार १ सय, नेदरल्याण्डमा दुई हजार २ सय र बेल्जियममा दुई हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन् । इरानमा कोरोना संक्रमणबाट करिव ४ को मृत्यु भएको छ ।

त्यसैगरी दक्षिण एसियाली मुलुक भारतमा संक्रमितको संख्या ५ हजार ९ सय नाघेको छ भने एक सय ७८ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ४ हजार २ सय ६३ जना संक्रमित रहेका छन् भने ६१ जनाको मृत्यु भएको छ ।

कोभिड–१९ का कारण हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको मृत्यु भएको छ ।

अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको मृत्यु भएको हो । कम्तिमा सय भन्दा संक्रमित छन् । नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये तीनजना निको भई काममा फर्किएको रियादस्थित नेपाली दूतावासले जनाएको छ । अन्य एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

साउदी अरबमा कोरोनाका कारण ४१ जनाको मृत्यु र २ हजार ९ सय संक्रमित भएका छन् । साउदीले कोरोनाको संक्रमण फैलन नदिन मुलुकभर कफ्र्यू लगाएको छ । साउदीमा दुई लाखभन्दा बढी नेपाली रहेको बताइन्छ

Related Articles

Back to top button
Close