समाचार

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु

न्युयोर्क । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ। न्युयोर्क क्विन्सस्थित एल्मस्र्ट अस्पतालमा उपचारका क्रममा ङिमा तेम्बा शेर्पाको आज निधन भएको शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पाले जानकारी दिए।कोरोना भाइरसको संक्रमण भएपछि ङिमा झण्डै दुई हप्ताअघि उपचारका लागि अस्पताल भर्ना भएका थिए। आज स्थानीय समय अनुसार बिहान ५ बजेर १८ मिनेट जाँदा उनको मृत्यु भएको मृतकका दाजु ल्हाक्पा युला शेर्पाले जानकारी दिए।

सोलुखुम्बुको सोताङ गाउँपालिका–थातेङ घर भएका ४४ वर्षीय शेर्पा केही वर्षदेखि परिवारसहित अमेरिकामा बस्दै आएका थिए।उनी शेर्पा किदुगका आजीवन सदस्य थिए। यसअघि अमेरिकामा कोरोना भाइरसबाट ४ जना नेपालीको मृत्यु भइसकेको छ।यसअघि पनि उनकाे मृत्युकाे खबर आएकाे थियाे । फेरि अस्पतालले झुठाे सूचना दिएकाेले हामी झुकियाै भन्दै भाईले फेसबुकमा जानकारी दिएका थिए ।

I am so sorry भाई हामीले तिमीलाई बचाउॅंन सकिन ???

Gepostet von Lakpa Youla Sherpa am Mittwoch, 8. April 2020

Related Articles

Back to top button
Close