समाचार

साउदीमा कोरोना सङ्क्रमित तीन जना नेपाली निको भए

काठमाण्डाै – साउदीमा कोरोना सङ्क्रमित चार जना नेपालीमध्ये तीन जना निको भएका छन् ।साउदीमा रहेको नेपाली दूतावासले कोरोना सङ्क्रमित चारमध्ये तीन जना निको भएको र एक जनासँग सम्पर्कमा रहेको जनाएको छ । खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना सङ्क्रमित भएका छन् । जसमध्ये यूएईमा दुई जना सङ्क्रमित नेपाली यसअघि नै निको भइसकेका छन् ।

खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना सङ्क्रमित भएका छन् । जसमध्ये यूएईमा दुई जना सङ्क्रमित नेपाली यसअघि नै निको भइसकेका छन् । खाडीका देश र मलेसियामा १३ हजार ७१५ जना सङ्क्रमित भएका छन् ।

Related Articles

Back to top button
Close