समाचार

कोरोना संक्रमित भेटिएको भन्दै फेसबुकमा लेख्ने युवा पक्राउ

काठमाडौं / विश्वव्यापी महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइसरकाे जाेखिममा नेपाल पनि परेकाे छ । यस्ताे बेलामा अनावश्यक भ्रम नफैलाउन र समाजिक दुरी कायम राख्न सरकारले अपिल समेत गरेकाे छ । तर अझै पनि केहि व्यक्तिहरू अनावश्यक भ्रम फैलाउन लागि परेका छन् ।

त्यसै क्रममा कोरोना भाइरस (कोभिड १९) संक्रमित फेला परेको भन्दै अफवाह फैलाउने एक व्यक्तिलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–२ घर भएका पवन कुमार भट्टराई छन् ।

प्रहरीका अनुसार उनले सामाजिक सञ्जाल फेसबूकमार्फत टीकापुरमा कोरोना भाइरस संक्रमित व्यक्ति फेला परेको भन्दै अफवाह फैलाएका थिए । उनले आफ्नो फेसबूकमा टीकापुर नगरपालिका–१ ब्लक नम्बर १० मा कोरोना भाइरसको संक्रमित भेटिएको भन्दै अफवाह फैलाएका थिए ।

फेसबूकमा अफवाह फैलाएको देखिएपछि इलाका प्रहरी कार्यालय टीकापुरले भट्टराईलाई नियन्त्रणमा लिएको हो । अहिले पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Back to top button
Close