समाचार

उपत्यका लगायत देशका विभिन्न भागहरुमा डरलाग्दो हावाहुरी

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागहरुमा जोडदार हावाहुरी चलेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ सहित क्षणिक वर्षा हुन सक्ने देखिएको छ । यसकारण सामान्य सतर्कता अपनाउन हुन अनुरोध पनि गरिएको छ । हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पश्चिमी भू–भाग लगायत पुर्वी तथा मध्य पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र २६ गते (बुधबार) दिउँसोः देशको पश्चिमी भू-भाग लगायत पुर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भु-भागका थोरै स्थानहरुका साथै पुर्वी र मध्य पहाडी भू-भागको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

चैत्र २७ गते (बिहिबार) दिउँसोः देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पुर्वी तथा मध्य पहाडी भु-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघ-गर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीः देशको पश्चिमी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

चैत्र २८ गते (शुक्रबार) दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्या सफा रहनेछ। रातीः देशको पश्चिमी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

Related Articles

Back to top button