समाचार

को’रोना वि’रुद्ध लड्न नेपाललाई विश्व बैंकको ३ अर्ब ५३ करोड रुपैयाँ सहयोग

काठमाण्डौ : को;रोना भाइरस वि’रुद्ध ल’ड्न विश्व बैंकले नेपाललाई फास्ट्रयाक विधिमार्फत २९ मिलियन डलर अर्थात झण्डै ३ अर्ब ५३ करोड रुपैयाँ सहयोग गरेको छ । सहयोग सम्झौतामा आज अर्थसचिव शिशिर कुमार ढुंगाना र विश्व बैंकका देशीय निर्देशक फेरिस हडाड जार्भोले हस्ताक्षर गर्नुभयो ।

कोरोनाबाट बच्न पूर्वतयारी र सार्वजनिक स्वास्थ्य प्रणाली बलियो बनाउन विश्व बैंकले यो रकम नेपाललाई दिएको हो। यो रकम विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यक्तिमा को;रोनाको परीक्षण बढाउन, सङ्क्रमितसँग सम्पर्कमा रहेकाको खोजी अर्थात कन्ट्या क्ट ट्रेसिङ, आईसीयू कक्षको विस्तार र देशैभर आइसोलेसन कक्षको विस्तारमा खर्च हुनेछ ।

यस्तै स्वास्थ्य कर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पीपीई खरिद र ल्याब विस्तारमा पनि रकम खर्च हुने छ । विश्व बैंकले विकास शील देशहरुको लागि को;रोना वि’रुद्ध ल’ड्न १४ बिलियन अमेरिकी डलको फाष्ट्रयाक सहयोग प्याकेज घोषणा गरेको छ ।

Related Articles

Back to top button
Close