समाचार

चौधरी ग्रुपले नबिल बैंकमार्फत गैरकानुनी रुपमा बिदेशमा पैसा लैजाने गरेको खुलासा

काठमाडौं, चैत २६ । चर्चित ब्यापारिक घराना चौधरी ग्रुपले अबैध रुपमा बिदेशमा रकम लैजाने गरेको खुलासा भएको छ । नेपाली कांग्रेसका सांसदसमेत रहनुभएका उद्योगपति बिनोद चौधरीले आफ्नो बैंकमार्फत बिदेशमा रकम लैजाने गरेको खुलासा भएको हो ।

निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले चौधरी ग्रुपको अबैध धन्दाको रहष्य खोल्नुभएको छ । पूर्वमन्त्री बाँस्कोटाले नेपाल राष्ट् बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई बधाई दिने क्रममा यस्तो खुलासा गर्नुभएको छ ।

चौधरी ग्रुपले गैरकानुनी बाटोबाट बर्षेनी अर्बौं रकम विदेश लगेको हुँदा उक्त रकम रोक्न समेत बाँस्कोटाले गभर्नर अधिकारीलाई सुझाउनु भएको छ । बास्कोटाले सामाजिक संजालमा नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर अधिकारीलाई बधाई तथा शुभकामना दिदै त्यस्तो गैरकानुनी काम रोक्न सुझाव दिनुभएको हो ।

‘एनबी इन्टरनेशनल जस्ता कम्पनीले पश्चदर्शी कानुन बनाउन लगाउने सफलतामार्फत गैरकानुनी बाटोबाट लाभांशका नाममा विदेश पठाउँदै गरेको अर्बौ रकम रोक्न सक्नुहोस, गभर्नर अधिकारीलाई शुभकामना दिंदै पूर्वमन्त्री बाँस्कोटाले भन्नुभएको छ । सञ्चारमन्त्री रहेकै बेला बाँस्कोटाले चौधरी ग्रुपको ठगी धन्दाबारे छानविन अघि बढाउनु भएको थियो ।

बास्कोटाले भनेको एनबी इन्टरनेशनल आयरल्याण्डमा रहेको कम्पनी हो । यो कम्पनीमा चौधरी ग्रुपको प्रमुख लगानी रहेको छ । लाभांशको नाममा चौधरी ग्रुपले बर्षेनी अर्वाै रुपैया बिदेश लैजाने काम सोही बैंकमार्फत गर्दै आएको छ । सो ग्रुपका प्रमुख कांग्रेस सांसद बिनोद चौधरी हुनुहुन्छ । चौधरी ग्रुपले एनबी इन्टरनेशनल मार्फत नबिल बैंकमा लगानी गरेको छ ।

बैंकमा एनबी समूहको ५० प्रतिशत लगानी छ । अर्थात बैंकले दिने लाभांशको ५० प्रतिशत रकम एनबी समूह मार्फत विदेश जान्छ । पूर्वमन्त्री बास्कोटाले यसरी रकम विदेश जानु गैरकानुनी रहेको दाबी गर्दै त्यसलाई रोक्न नवनियुक्त गभर्नर अधिकारीलाई सुझाव दिनुभएको हो ।

Related Articles

Back to top button
Close