समाचार

साउदी अरबमा कर्फ्यूको समय अवधि अझै थपियो, बाहिर ननिस्कन दूताबासको अपिल

एजेन्सी। साउदी अरबमा कर्फ्यूको समय अवधि लम्बाएर २४ घण्टा पुर्याइएको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न कर्फ्यूको समय अवधि थपेको साउदीको गृह मन्त्रालयले जनाएको छ ।

बुधबारबाट लागू हुने गरी २४ घण्टे कर्फ्यू लागू भएका शहरहरु बाहेक साउदी अरबका बाँकी सम्पुर्ण शहर तथा क्षेत्रहरुमा समेत कर्फ्यूकाे समयावधि बढाएर हरेक दिन दिउँसाे ३ बजेदेखि भाेलिपल्ट बिहान ६ बजेसम्म कायम गरिएको मन्त्रालयले जनाएको छ।

तसर्थ, सो क्षेत्रमा रहनुहुने नेपालीहरुले कर्फ्यूको समयकाे पूर्ण पालना साउदीस्थित नेपाली दूताबासले अनुरोध छ । साउदी सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्कन दूताबासले अपिल गरेको छ ।

साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले पनि सैनिक अधिकारी र नागरिकलाई कर्फ्युको पूणपूर्ण रुपमा पालना गर्न गराउन निर्देशन दिएको छ । कर्फ्यूको उल्लंघन गरेमा कडा कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री श्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्था, संक्रमण नियन्त्रणका लागि राज्यले चालेका कदमहरु, विभिन्न निकायबाट प्राप्त सहयोग र आगामी दिनहरुका चुनौति र भविष्यको कार्यदिशाका बारेमा देशबासीलाई सम्बोधन गर्ने क्रममा ‘सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ’ भनी अनुरोध गरेको थिए ।

तसर्थ, आफू जहाँ छौँ सुरक्षित बसौँ, सावधानी अपनाऔँ र नेपालमा रहेका आफ्ना प्रीयजनहरुलाई पनि सोही सन्देश पठाऔँ भनी नेपाली दूतावास अनुरोध गर्न चाहन्छ ।

साउदीमा हालसम्म भाइरसबाट संक्रमितको संख्या २७९५ पुगेको छ । आज थप २७२ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ६१५ जना निको भएका छन् भने मृत्यु हुनेको संख्या ४१ पुगेको छ । ४ जना बाहेक थप नेपालीहरुमा संक्रमण नभेटिएको दूताबासले जनाएको छ ।

Related Articles

Back to top button
Close