समाचार

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९,०६५ पुग्यो, संक्रमितको संख्या १३ लाख ८६ हजार नाघ्यो (अपडेट)

काठमाडौं, २५ चैत । विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७९ हजार ६५ पुगेको छ ।

वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार विश्वभर संक्रमितको संख्या १३ लाख ८६ हजार ८ सय ०३ जना पुगेको छ । कोरोना संक्रमणका कारण मंगलबार (आज) मात्रै ४ हजार ४ सय ११ ले ज्यान गुमाएका छन् ।

चीनको हुवे प्रान्तको वुहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । यो समाचार तयार पार्दासम्म इटालीमा ज्यान गुमाउनेको संख्या १७ हजार १ सय २७ पुगिसकेको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ३५ हजार पाँच सय ८६ पुगेको छ, भने निको हुनेको संख्या २४ हजार, ३ सय ५२ पुगेको छ ।

त्यस्तै स्पेनमा पनि कोरोना संक्रमणका कारण १३ हजार ८ सय ९७ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या १ लाख ४० हजार ५ सय ११ पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या ४३ हजार २०८ पुगेको छ ।

संयुक्तराज्य अमेरिकामा ३ लाख ८० हजार ७३४ कुल सङ्क्रमित भएका छन् भने, ११ हजार ९०६ को ज्यान गइसकेको छ । यसैबीच २१ हजार ३०९ निको भएर फर्किएका छन् ।

फ्रान्समा ९८ हजार १० जना कुल सङ्क्रमित भएका छन् भने, ८ हजार ९ सय ११ को मृत्यु भएको छ । यसैबीच १७ हजार २५० निको भएर फर्किएका छन् ।

चीनमा ८१ हजार ७४० कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३३१ को मृत्यु भएको छ । यसैबीच ७७ हजार १ सय ६७ निको भएर फर्किएका छन् ।

इरानमा ६२ हजार ५८९ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ८७२ को मृत्यु भएको छ । यसैबीच २७ हजार ३९ निको भएर फर्किएका छन् ।

बेलायतमा ५५ हजार २४२ कुल सङ्क्रमित भएका छन् भने, ६ हजार १५९ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

त्यस्तै, नेदरल्याण्डस्, जर्मनी, बेल्जियमलगायतका देशहरुमा पनि कोभिड १९ का कारण अहिलेसम्म हजारौंले ज्यान गुमाइसकेका छन् ।नेपालमा पनि कोरोना संक्रमितको संख्या ९ जना पुगेको छ, जसमध्ये एक जना निको भएर फर्किसकेका छन् ।

Related Articles

Back to top button
Close