समाचार

‘आमा बित्नुभयो किरिया गर्न जानुछ’ भनेर पास लिएका ब्यक्तिको यस्तो कर्तुत

काठमाडौं। आमाको निधन भयो भनेर मलामी जान भन्दै पास लिएका ब्यक्ति यात्रु ओसार्ने काममा सकृय भएको पाएपछि प्रहरीले प क्रा उ गरेको छ । यसरी झुटो विवरण दिएर यात्रु ओसारेको अवस्थामा प्रहरीले तीनजनालाई प क्रा उ गरेको हो । भएको भन्दै गाडी पास बनाएर यात्रु ओसार्ने तीनजना प क्रा उ परेका छन् । लकडाउनको समयमा उनहिरुले यस्तो वहाना बनाएका थिए । तीनजनालाई ललितपुरबाट प्रहरीले प क्रा उ गरेको हो ।

सप्तरीको सुरुङ्गा घर भई ललितपुर महानगरपालिका–३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारायण चौधरी, ३० वर्षीय जितेन्द्रप्रसाद चौधरी र त्यही नगरपालिका-५ का ४६ वर्षीय नरेश चौधरीलाई प्रहरीले झुटो विवारण दिएको भन्दै प क्रा उ गरेको छ । शुभ नारायणले आफ्नो आमाको निधन भएकाले काजक्रिया गर्न जान भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा झूटो विवरण पेश गरी सवारी पास लिएको खुलेको छ ।

उनले चैत २४ र २५ गतेका लागि ३-०८-००५ ख ९१९८ नम्बरको बसको पास लिएर ३० जना यात्रु बोकी सप्तरीतर्फ जान लागेको अवस्थामा प्रहरीले फेला पारेको हो । सरकारले कोभिड १९ को फैलन नदिन यही चैत ११ गतेदेखि अत्याश्यक काम बाहेक बाहिर ननिस्किन जारी गरेको आदेश आजदेखि तेस्रो हप्तामा प्रवेश गरेको छ ।

यो अवधिमा मानिसको आवतजातलाई रोक्दै अत्यावश्यक कामका लागि मात्र जिल्ला प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयबाट पासको व्यवस्था मिलाइएको छ । ति ब्यक्तिले सोही मापदण्डको फाइदा उठाउँदै गलत विवारण पेश गरेका थिए ।

महानगरीय प्रहरी कार्यालय काठमाण्डौका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले विभिन्न बहाना तथा नक्कली विवरण बनाएर पास लिने तथा नक्कली पास नै बनाएर हिँड्ने गरेको पाइएको र त्यसलाई आजदेखि थप कडाइका साथ अनुगमन थालेको जानकारी दिए ।

Related Articles

Back to top button
Close