समाचार

सुनसरीका एक काेराेना संक्रमित अस्पतालबाट फरार, कतै देखे प्रहरीलाई खबर गर्न आग्रह

काठमाडाैं । काेराेना संक्रमित एक नेपाली अस्पतालबाट फरार भएका छन् । भारतमा कोरोना संक्रमण फैलाएको भनिएको केही हप्ता अघि भएको एक मुस्लिम धार्मिक भेलामा सहभागी ती नेपाली अस्पतालबाट भागेर नेपाल छिरेको आशंका गरिएको छ ।

दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको तबलिगी जमात भेलामा सहभागी सुनसरीका जमाती मुल्ला मोल्बी उत्तर प्रदेशको बागवत अस्पतालबाट उपचारकै क्रममा फरार भएका छन् । उनी अस्पतालबाट भागेर नेपाल छिरेको आशंका गरिएको छ ।

उनी अस्पतालबाट फरार भएपछि भारतीय सञ्चार माध्यमले प्राथमिकताका साथ समाचार सम्प्रेषण गरिरहेका छन् । अस्पतालबाट फरार भएका उनीबाट थप संक्रमण फैलाउन सक्ने भन्दै समाचार दिइरहेका छन् ।

उनले धेरै जनाले कोरोना संक्रमण फैलिन सक्ने आंशका गरिएको छ । यसतर्फ सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र अन्य अधिकारी सचेत रहनु पर्ने आवाज उठिरहेको छ । सामाजिक सञ्जालमा उनको नाम र तस्बिर पोष्ट गरेर ‘देखेमा प्रहरीलाई खबर गर्नू’ भनेर उल्लेख गरिएको छ ।

Related Articles

Back to top button
Close