अन्तर्राष्ट्रिय समाचार

को’रोनाका बि’रामी बचाउन मिस इंग्ल्यान्डको ताज छोडेर डाक्टर पेसामा फर्किन

एजेन्सी, मिस इंग्ल्यान्ड २०१९ की उपाधि विजेता भाषा मुखर्जी आफ्नो ताज छोडेर डाक्टर पेसामा फर्किएकी छन्। २४ वर्षीया मुखर्जी श्वा’सप्रश्वाससम्बन्धी डाक्टर हुन्।

मिस इंग्ल्यान्डको उ’पाधि जि’तेपछि उनले विभिन्न सामाजिक काममा सहभागी हुनु पर्ने भएकाले डाक्टरी पैसा छोडेकी थिइन्। पछिल्लो समय को’रोना भाइरसले बेलायतमा पनि म’हामारीको रूप लिएपछि उनी बि’रामीको उपचार संलग्न हुने भएकी हुन्। विभिन्न च्यारिटीले स’द्भावना दूत बन्न प्रस्ताव गरेपछि उनले डाक्टरी पेसा सन् २०२० को अगष्टसम्मका लागि रोकेकी थिइन्।

‘मलाई अफ्रिका, टर्की, भारत, पाकिस्तान र अन्य एसियाली राष्ट्रका च्यारिटीमा दूत बन्न विभिन्न अफर आएको थियो,’ मुखर्जीले सिएनएनसँग भनिन्। त्यसै सिलसिलमा उनले कोभेन्ट्री मर्सिया लायन्स क्लवको सद्भावना दूत बनेर उनले चार साता भारतमा कामसमेत गरेकी थिइन्। को’रोनाभाइरसले बेलायतको अवस्था बिग्रँदै गएपछि उनी आफ्नै पेसामा फर्किन चाहेकी हुन्।

उनलाई पिलग्रिम अस्पतालका सहकर्मीहरूले मेसेज गर्न थालेका थिए। त्यसपछि उनले उक्त अस्पतालमा सम्पर्क गरेर काममा फर्किन चाहेको जानकारी गराएको सिएनएनले जनाएको छ। ‘मलाई लाग्यो कि मसँग भएको डिग्री यही समयका लागि हो र विषेश क्षेत्रको अंग बन्न योभन्दा राम्रो समय अरू के हुन्छ,’ उनले भनेकी छन्। मुखर्जी ९ वर्षकी हुदाँ उनको परिवार भारतको कोलकत्ताबाट बेलायतको दर्बीमा बसाइँ सरेको थियो। च्यारिटीको काममा भारत रहेकी उनी गत बुधबार बेलायत फर्केकी थिइन्।

Related Articles

Back to top button
Close